विदेशी शक्तिहरुको नेपाली भुमिमा चलखेल दुखद

510 Shares

तराई टप
काममाडौं, २१ मंसिर । विदेशी शक्तिहरु नेपाली भुमिमा चलखेल एवं विभिन्न गतिविधिहरु यति वेला तिव्र बनाउने अभियानमा जुटेको पाइएको छ ।
नेपाल भित्र चिनियाँ विरोधी शक्तिलाई रोक्न र आफनो गतिविधिलाई हावी गर्ने होडमा चीन पकिस्तान दुबैले आफनो गतिविधि तीव्र गतिमा बढाएको हो । गुप्तचर निकायको श्रोतका अनुसार नेपाल भित्र चीन विरोधी भावनालाई रोक्न र चीन प्रति विश्वास बढाउनका निमित्त चीनले “एक गाउँ, एक मित्र” भन्ने अभियान सुरु गरेका छन् ।
नेपाल चीन मैत्री समाजको अगुवाईमा एक गाउँ एक मित्र अभियान संचालनमा ल्याउने तयारी गर्न थालेको गुप्तचर निकाय श्रोतबाट बुझिएको छ । नेपाल चीन मैत्री समाजलाई चिनियाँ दूतावासबाट आर्थिक सहयोग दिइएको उक्त श्रोतको दाबी छ ।
एक गाउँ एक साथी अभियान अन्तर्गत नेपालको हरेक गाउँमा एक जना विश्वासिलो व्यक्तिलाई छनौट गथरी तालिम दिइने बताइएको छ । नेपालमा चीको योगदान वारे जनचेतना फैलाई चीन प्रति सकारात्मक भावना बढाई उनी प्रति विश्वास गर्ने वातावरण समेत सृजना गर्नमा मद्दत पुग्ने विश्वास लिएको छ ।
गुप्तचर एजेन्सी श्रोतका अनुसार यो चीन विरोधी भावनालाई समाप्त पारी चीको पक्षमा खुलेर वोकालत गर्ने वातावरणको सृजना गर्ने पहिलो प्रयासको रुपमा लिएको छ त्यस कार्यमा पाकिस्तानले पनि नेपालमा पछिल्ला समयमा गतिविधि बढाएको छ ।
चीनले पाकिस्तानमा धेरै विकास निर्माण देखि लिएर वन बेल्ट वन रोडको अवधारणा बाट गतिविधि संचालनमा ल्याई छिमेकी राष्ट्रहरुलाई घेर्ने प्रयास गरिएको कतिपय विज्ञहरु बताउछन् । श्रोतका अनुसार पाकिस्तानी दूतावासमा रहेका आईएसआईका अधिकारीहरुले नेपालमा रहेका मदरसा, मस्जीद, मोक्तमहरुमा तिनीहरुका कार्यक्रमहरु नियमित रुपमा संचालन गरी भ्रमण समेत गरिरहेको बताइएको छ ।
यस्ता भ्रमण एवं गतिविधिबाट मुस्लिम समुदायमा गहिरो प्रभाव पर्नुका साथै त्याहाँ अन्य कुनै नामले भारत विरोधी गतिविधि हुन सक्ने अत्याधिक सम्भावना रहेको गुप्तचर निकायका अधिकारीहरु आशंका व्यक्त गरेको छ ।
नेपाल दुई छिमेकी राष्ट्र भारत र चीनको विचमा रहेको अभिन्न स्वतन्त्र राष्ट्र हो । यहाँ कुनै पनि देश विरोधी गतिविधि हुनु नपर्ने भएपनि कही तत्वहरुको कारण यस्ता गतिविधि हुनु अत्यन्तै दुखद विषय भएको विज्ञहरु बताउँछन् । नेपाल स्वतन्त्र, स्वाभिमान, सबै प्रति सदभाव राख्ने राष्ट्रको रुपमा स्थापित रहेको हुँदा यहाँ मित्र राष्ट्रहरु विरोधी गतिविधि हुनु नराम्रो संकेतको रुपमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार