“म कसैको सोर्समा रौतहटमा आएको हैन, पिडितलाई अन्याय हुन दिन्न” एसपी गिरी प्रतिबद्धता

0 Shares
प्रेमचन्द्र झा
रौतहट, २९ बैशाख । जिल्ला प्रहरी कार्यालय रौतहटको एसपीको रुपमा आगमन भएका नेत्रमणि गिरीले आफू कुनै राजनीतिक या अन्य प्रभावको कारणले रौतहट आएको होइन, संगठनको भावना अनुसार काम गरी शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति दिलाउने मुल लक्ष्य रहेको बताए ।
कसैको आशिर्वादमा नभई नियमित प्रशासनिक प्रक्रिया मार्फत आएको स्पष्ट पार्दै रौतहट जिल्लाबासीको समग्र हितमा नेपाल प्रहरी सधै समर्पित रहेर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै “म कसैको सोर्समा आएको हैन, यदि रौतहट आएको हुने भएन भने म महोत्तरी वा सर्लाही जान्थेँ ।” उनले भने ।
पत्रकारहरूको जिज्ञासामा जवाफ दिंदै एसपी गिरीले अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम राख्न र नागरिकलाई न्याय दिलाउन आफु प्रतिवद्ध रहेको बताए । उनले भने, “पिडितलाई अन्याय हुन दिन्नौं, कसैलाई दुख दिने मेरो उदेश्य छैन, निर्दोषलाई दुःख दिने काम प्रहरीबाट नहुने स्पष्ट पारे ।”
उनले जिल्लामा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखिने जनाउँदै भने, “तस्करी नियन्त्रण गर्नु हाम्रो कर्तव्य हो, यो सशस्त्र प्रहरीको पनि जिम्मेवारी हो, तर यदि कसैले तस्करीजन्य काम गरेका छन् भने हामी टुलु टुलु हेरेर बस्दैनौँ कारबाही गर्छाैँ ।”
बिचौलियाको पहिचान र कारबाहीमा जोड
एसपी गिरीले बिचौलीया परमपरालाई अन्त्य गर्न पत्रकार, स्थानीय तह र सर्वसाधारण सबैको सहयोग आवश्यक रहेको बताए । उनले भने, “बिचौलीयालाई पहिचान गरी जानकारी दिनुस हामी कारबाही गर्छाैँ ।”
कार्ड भएको बिहेको समानमा अवरोध छैन
प्रवेश नियन्त्रणको सन्दर्भमा कुरा गर्दै उनले जनाए, “कार्ड लिएर आएको बिहेको समानमा कसैलाई रोकेको छैन । हामी केवल तस्करी वा गैरकानुनी गतिविधिमा संलग्नहरूमाथि निगरानी गर्छाैँ ।”
शान्ति सुरक्षामा प्राथमिकता
उनले जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रहरी पुर्णरूपमा सक्रिय रहने बताए । “हाम्रो मुख्य काम नै शान्ति सुरक्षा गर्ने हो । यसतर्फ नै हाम्रो बढि फोकस हुन्छ,” एसपी गिरीले भने ।
सिसिटिभी क्यामराहरू मर्मतको प्रक्रियामा
कार्यक्रममा सहभागी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कुमार रायले गौर नगरपालिकामा सिसिटिभी क्यामराहरू सञ्चालनमा नआएको जानकारी गराए । “हाल बीपी चोकको सिसिटिभी मात्र चलिरहेको छ,” उनले भने, “बाँकी मर्मतका लागि गौर नगरपालिका समक्ष अनुरोध गरिएको छ ।”
पत्रकारहरूसँग प्रत्यक्ष सम्वादको अपेक्षा
एसपी गिरीले सबै सञ्चारकर्मीहरूलाई प्रत्यक्ष भेट्ने र समन्वयमा काम गर्न आग्रह गरेका छन् । उनले भने, “सिधा सम्पर्क राखौं, प्रेस कन्फ्रेन्सपछि मात्रै जानकारी दिनु भन्ने सोच राम्रो हैन । पारदर्शिताको वातावरण बनाउनु जरुरी छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।