चण्डीगढ (अमृतसर), ३० वैशाख । भारतको पञ्जाब राज्यको अमृतसर जिल्लामा नक्कली रक्सी पिएपछि कम्तिमा १४ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएको छ ।
मिडिया रिपोर्टका अनुसार उक्त नक्कली रक्सी विक्री गर्ने सात अभियुक्तहरूलाई पञ्जाव प्रहरीले पक्राउ गरेको जनाइएको हो ।
भङ्गाली, पातलपुरी, मरारी कलान र थेरेवाल गाउँका स्थानीयको मृत्यु भएको अधिकारीहरूले बताए । प्रहरीको अनुसन्धानले हुच तयार गर्न अनलाइनबाटै ठूलो मात्रामा मिथानोल खरिद गरेको खुलासा भएको छ ।
पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले मजिठाका गाउँहरूमा निर्दोष मानिसहरूको मृत्युका लागि जिम्मेवार व्यक्तिहरूलाई न छाडिने चेतावनी दिदै “ति मृत्यु होइनन्, यी हत्या हुन्,” उनले एक्स पोस्ट गरेर भनेका छन् ।
अमृतसर जिल्ला प्रशासनले प्रभावित गाउँहरूका घर–घरमा गएर नक्कली मदिरा सेवन गरेका मानिसहरूको जाँच गर्न मेडिकल टोलीहरू खटाएको छ । अमृतसरका डेपुटी कमिश्नर साक्षी साहनीले १४ जनाको मृत्यु भएको पुष्टि गरे र मारिएका अधिकांश दैनिक ज्यालादारी गर्ने मजदुरहरू रहेको बताए । प्रहरीले सोमबार राति मृत्युको जानकारी प्राप्त भएपछि प्रहरी एक्सनमा आएको थियो ।
प्रहरी नायब महानिरीक्षक (सीमा दायरा) सतिंदर सिंहले मुख्य अभियुक्त सहित सात जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए । पक्राउ परेका सातमध्ये पाँचजना मुख्य आरोपी प्रभजीत सिंह, कुलबीर सिंह, साहिब सिंह, गुरजन्त सिंह र निंदर कौरको रूपमा पहिचान गरिएको बताए ।
साहनी, सतिन्दर सिंह र जालन्धर ग्रामीण पुलिसका वरिष्ठ पुलिस अधीक्षक मनिन्दर सिंहसँग प्रभावित गाउँहरूको भ्रमण गरे । उनीहरुले पीडित परिवारलाई पनि भेटेका थिए ।
“हामीले यो (हुच ट्र्याजेडी) बारे जानकारी पाएलगत्तै मेडिकल टोली खटायौं । हाम्रो टोलीहरू घर–घर पुग्दैछ । यसको सेवन गर्नेहरूमा लक्षण नदेखिए पनि हामी उनीहरूलाई मेडिकल चेकअपको लागि अस्पतालमा भर्ना गर्न आग्रह गरिरहेका छौं,” डीसीले पत्रकारहरू समक्ष भने ।
पीडितले आइतबार वा सोमबार नक्कली मदिरा सेवन गरेको र बान्ता हुन थालेको उनले बताए । “हामी पूर्ण रूपमा प्रभावित परिवारको साथमा छौं र उनीहरूलाई हाम्रो पूर्ण सहयोगको आश्वासन दिन्छौं,” डीसीले भनेको भारतीय मिडियाहरुमा उल्लेख गरिएका छन् ।
एसएसपी सिंहले मुख्य अभियुक्त प्रभजीत सिंहले ५० लिटर मिथेनोलको आपूर्ति प्राप्त गरेको र दुई लिटरको प्याकेटमा मानिसहरूलाई बिक्री गरेको बताए । “हामीले प्रत्येक प्याकेट ट्रेस गर्दैछौं,” उनले भने । मुख्य अभियुक्त संगको सोधपुछले एक साहिब सिंहले अनलाइनमा मिथानोल अर्डर गरेको र त्यसपछि वितरण गरेको खुलासा गरेको छ, प्रहरीले भने, भारतीय न्याय संहिता र अन्तःशुल्क ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन