विवादित समुद्री क्षेत्रमा चीनको प्रभावलाई रोक्न अमेरिका र इयुले मिलेर काम गर्ने

   २१ मंसिर २०७८, मंगलवार १२:२६  

तराई टप
रौतहट, २१ मंसिर । हालै फान्सको राजधानी पेरिसमा बसेको अमेरिका र युरोपेली संघको बैठकमा बढ्दै गएको चीनको गतिविधिलाई रोक्न अमेरिका संग मिलेर काम गर्ने सहमती भएको छ ।
विवादीत समुद्री क्षेत्रमा चीनले बढाएको गतिविधिलाई रोक्न अमेरिका र युरोपेली संघ दुबै पक्ष मिलेर रोक्ने सहमती भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको हो । समुद्री क्षेत्रमा अमेरिका र युरोपेली संघले अभियानको रुपमा कार्यक्रम ल्याई चीनको विस्तारवादी निती रोक्ने भएको बताइएको छ ।
अमेरिकी सुरक्षा सचिव वेण्डी शेम्र्यान र युरोपियन एकसटर्नल एक्सन सर्भिसका महासचिव स्टेफानो सानिनो बिच पेरिसमा भएको उच्च स्तरिय बैठक पछि दबै पक्षले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै विवादीत समुद्री क्षेत्रमा चीनको गतिविधिलाई रोक्न आफूहरु मिलेर काम गर्ने बताए ।
एसिया प्रशान्त क्षेत्रमा चीनले आपत्तिजनक एवं एक पक्षिय रुपमा गतिविधि संचालन गरेको भन्दै दुबैले गम्भीर चासो लिदै चिन्दा व्यक्त गरेका छन् । दक्षिण चीन सागर, पूर्वी चीन सागर र ताइवान स्ट्रेटमा चीनको हैकमवादी एवं मनोमानी निती चलिरहेको छ, संयक्त रुपमा जारी गरिएको विज्ञप्तीको उल्लेख रहेको चर्चा गर्दै अन्तरराष्ट्रिय संचारमाध्यमले चीनको प्रभुत्व जमाउने गतिविधिबाट शान्ति र सुरक्षामा असर परिरहेको छ । चीनको त्यस्ता कार्यलाई रोकी संतुलन कायम गराउन मिलेर काम गर्नु बाहेक अन्य कुनै विकल्न नरेको प्रष्ट्याएको छ ।

एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै