दाईजोको लागि नवविवाहिता महिलाको शंकाष्पद हत्याः माइती पक्षको आरोप

0 Shares
रौतहट, ३० वैंशाख । रौतहटको कटहरिया नगरपालिकामा एक नवविवाहिता महिलाको शंकाष्पद हत्या भएको माइती पक्षले गम्भीर आरोप लगाए ।
विहे भएको ६ महिना नपुग्दै मुस्लिम समुदायकी ति महिला आफनै घरमा साडीको पासोमा झुण्डिरहेको अवस्थामा फेला परेपछि उनको माइती पक्षले छोरीलाई दाइजोको लागि उत्पीडन गरेर हत्या गरेको गम्भीर आरोप लगाएको हो ।
कटहरिया नगरपालिका वडा नम्वर ३ बडेरवा गाउँ घर भई हाल कटहरिया नगरपालिकाको वडा नम्वर ५ बजार क्षेत्रमा बस्दै आएका अहमद राय भाटको २१ बर्षिया श्रीमती सानीया प्रविनको शंकाष्पद मृत्यु भएपछि माइती पक्षले छोरीको हत्या गरेको भन्दै घटनाको यथार्थ छानविन गरी दोषिलाई कानुनी कारवाहीको माग गरिएका छन् ।
गएको आईतवार दिउसो घरको कोठामा साडीको पासो बनाई सिलिंग फयानमा भुण्डिएको अवस्थामा सानीयाको शव प्रहरीले फेला परेका थिए । घटनाको खवर संगै इलाका प्रहरी कार्यालय कटहरिया र इलका प्रहरी कार्यालय गरुडाले संयुक्त रुपमा अनुसन्धान गरिरहेको बुझिएको छ ।
प्रदेशिक अस्पताल गौरमा मृतकको पोष्टमार्टम भएर शव सतगतको लागि मृतक सानियाका आमा भारतको बिहार पूर्वी चम्पारण जिल्ला सुगौली घर भएकी कायमा खातुनले बुझेर लागेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । मृतककी आमा कायमा खातुनका अनुसार सानीयाको विवाह करिब ६ महिना अघिमात्र अरमान राय भाटसँग मुस्लिम परम्परा अनुसार भएको थियो । विवाहपछि ज्वाईँ अरमानले निरन्तर दाइजोको लागि छोरी सानिया माथि दबाव बनाएर  शारीरिक तथा मानसिक यातना दिँदै आएको उनले बताइन् ।
ज्वाईँ तथा उनको परिवारले दिनेगरेको यातना सहन गर्न नसकेकोले उनीहरूले योजनाबद्ध तरिकाले सानियाको हत्यागरी आत्महत्या देखाउन खोजेको कायमाले आरोप लगाइन् ।
यस विषयमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार हामी अनुुसन्धान गर्दैछौं अलिकति पनि शंका नगर्न पीडित पक्ष संग आग्रह गर्दै उनीहरुले दिएको आत्महत्या दुरुत्साहन तर्फ केन्द्रीत भएर छानविन गरिरहेको बताए । पोष्टमार्टमको रिपोर्ट आएपछि कानुनी प्रक्रिया अघि बढाइएने डिएसपी कार्कीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।