तराई टप
रौतहट, २१ मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारतको ६ घण्टा छोटा भ्रमणको अवधीमा महत्वपूर्ण उपलब्धी भएको बताइएको छ ।
रुसी राष्ट्रपति पुटिनको भारत भ्रमण छोटो समयको भएपनि महत्वपूर्ण रहेको दुबै पक्षले दाबी गरेको हो । रुसी राष्ट्रपति पुटिन सोमवार भारतको भ्रमणमा आएका थिए । उनको करिव ६ घण्टाको भारत भ्रमण निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संग भेट वार्त भए । रुसी राष्ट्रपति पुटिनको छोटो भारत भ्रमणवारे संचारमाध्यमलाई जानकारी दिदै भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाले छोटो भ्रमणमा धेरै महत्वपूर्ण र दुई देश विचको सम्बन्धलाई थप प्रगाढ बनाउने खालको सम्झौताहरु भयो । पुटिन र मोली विचको द्धिपक्षीय व्यापार, लगानी, सुरक्षा सम्झौतामा हस्ताक्षर भएको बताए ।
भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले कोभिड महामारीको बेला सहयोग गरेको भन्दै रुसी राष्ट्रपति पुटिन प्रति आभार प्रकट गरेका थिए भने रुसको तेल, ग्यास लगायतका पेट्रो केमिकल्समा लगानी गर्ने रुचि देखाएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।