रौतहट, २ जेठ । शुक्रवार देखि संघिय राजधानी काठमाडौंमा सगरमाथा संवाद कार्यक्रम सुरु भएका छन् ।
नेपाल सरकारद्वारा पहिलो पटक संघिय राजधान काठमाडौंमा आज देखि सुरु भएको सगरमाथा संवाद कार्यक्रमलाई उदघाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरण एवं पर्यावरणलाई सन्तुलन बनाइराख्न उपयुक्त उपायहरु अवलम्बन गरेर विश्वव्यापी संवादको माध्यमबाट सन्देश फैलाउनु पर्नेमा जोड दिएका हुन् ।
प्रधानमन्त्री ओलीले हिमालहरु जोगाएर पृथ्वी, महासागर र स्वयं मानवतालाई जोगाउनु पर्ने हो भन्ने यथार्थलाई आत्मसात गर्दै विश्वव्यापी संवादका रूपमा अघि बढाउने उद्देश्यका साथ आज सगरमाथा संवादको आयोजना गरिएको बताए ।
प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न सर्वाेच्च शिखर सगरमाथाको नामबाट संवाद सुरु गरेर विश्व व्यापी रुपमा सन्देश दिन खोजिएको स्पष्ट पारे ।
‘आशा गछौं, यो संवाद—साच्चिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस् । हाम्रा घरबासहरु पहिरोहरूले बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् तर अझै, हामी डटिरहेका छौं । हाम्रा उत्सर्जनहरू न्यून छ तर वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्वपूर्ण छन्,’ प्रधानमन्त्री ओलीले भने ।
सगरमाथा संवाद आइतबार सम्म चल्ने आयोजक समितिले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन