रौतहट, ३ जेठ । पहिचान खुल्न नसकेका रौतहटको पूर्व पश्चिम राजमार्गमा अचेत अवस्थामा फेला परेका युवकलाई चिकित्सकले मृत घोषित गरेका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ४ स्थित सडकमा गएराति १० बजेको समयमा प्रहरीको गस्ती टोलीले अचेत अवस्थामा फेला परेका करिव ३५ वर्षीय युवकलाई तत्कालै उपचारको लागि अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषित गरेको इलाका प्रहरीक कार्यालय चन्द्रपुरले जनाएका हुन् ।
दुर्घटना भएको गाडी हालसम्म यकिन गर्न नसकिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डीएसपी राजकुमार राईले बताए । राजमार्गमा गुडिरहेको कुनै गाडीबाट लडेर उक्त दुर्घटना भएको हुनसक्ने आशंका डिएसपी राईले गरे । मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रपुरमा राखिएको तथा घटना सम्बन्धी अनुसन्धान भइरहेको बताए । हाल सम्म ति यात्रुको पहिचान खुल्न सकेको छैनन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट