निमित्तकै भरमा रौतहटको स्थानीय तह, स्थानीय तह शासन ऐनलाई मिच्दै संघिय मामिला

   २१ मंसिर २०७८, मंगलवार १३:५१  

तराई टप डेष्क
रौतहट जिल्लामा रहेको १८ वटा स्थानीय तह मध्ये नियमकानुनलाई मिच्दै १७ वटा स्थानीय तह निमित्तकै भरमा संचालन भईरहेको पाइएको छ ।
स्थानीय तह शासन ऐन अनुरुप नगरपालिकामा उप सचिव र गाउँपालिकामा प्रशासकीय अधिकृतको दरबन्दी भएपनि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाटै नियम कानुन एवं विधिको शासन प्रणालीलाई मिच्दै स्थानीय तहको मेयरले इच्छाएको व्यक्तिलाई प्रमुख प्रशासकीय अधिकृतमा जिम्मेवारी दिदा आर्थिक अनियमितताको साथै नियम संग नमिल्ने हरेक कार्य गर्दै जाँदा स्थानीय तहको अवधारणा माथि नै प्रश्न चिन्ह खडा भएको हो ।

स्थानीय तह शासन ऐन अनुरुप नगरपालिकामा उप सचिव र गाउँपालिकामा प्रशासकीय अधिकृतको दरबन्दी भएपनि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाटै नियम कानुन एवं विधिको शासन प्रणालीलाई मिच्दै स्थानीय तहको मेयरले इच्छाएको व्यक्तिलाई प्रमुख प्रशासकीय अधिकृतमा जिम्मेवारी दिदा आर्थिक अनियमितताको साथै नियम संग नमिल्ने हरेक कार्य गर्दै जाँदा स्थानीय तहको अवधारणा माथि नै प्रश्न चिन्ह खडा भएको हो ।


माधवनारायण नगरपालिकामा कार्यरत रहेका प्रशासकीय अधिकृत प्रलभ कायस्थलाई केही दिन अघि मेयर विरेन्द्र यादवको इच्छाबाट संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलार्ई मन्त्रालयमा काजमा तानेर मेयरको नजिकको स्वास्थ्य क्षेत्रमा त्यही कार्यरत जियालाल राय यादवलाई निमित्त प्रमुखको जिम्मेवारी दिएपछि माधवनारायण नगरपालिकाको स्थानीय बासिन्दाहरु विरोध गर्दै धर्ना दिदै आएका छन् ।
मेयर यादवको घर दिपही १ रहेको तथा निजकै नातामा पर्ने भाई स्वास्थ्य संयोजकलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिदा स्थानीय बासिन्दाहरु विरोध गर्दै धर्ना, प्रदर्शन नारावाबी समेत गर्दै आएको छ । स्थानीय तहको जनप्रतिनिधिहरुको कार्यकाल सकिन लाग्दा आफू अनुकुलको निमित्त प्रशासकीय अधिकृत राखेर काम काज गराउने प्रथालाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढावा दिएको आरोप काँग्रेसको नेता नितेश गुप्ताले लगाए ।
प्रशासकीय अधिकृतलाई हटाएर आफनै अनुकुलको मानिस ल्याउनु भनेको राम्रो संकेत नभएको र आर्थिक अनियमिततालाई बढावा दिने कार्यमा संघिय मामिला प्रमुख जिम्मेवार रहेको उनले गम्भीर आरोप लगाए ।
यसैगरी दुर्गा भगवती गाउँपालिकाको अध्यक्षले आफनो अनुकुल नभएको आर्थिक मसान्त सकिनु डेढ महिना अघि नायव सुब्बा जगत प्रसाद साहलाई निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारीबाट मुक्त गराएर आयुर्वेद स्वास्थ्य केन्द्र गंगापिपराको प्रमुख परमानन्द पाठकलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर ल्याएका थिए । तर प्रमुख पाठकले पालिका प्रमुखको आदेश अनुसार २७ करोडको टेण्डरमा हस्ताक्षर नगरेको र उक्त कुरा सार्वजनिक भएर विभिन्न पत्र पत्रिकामा समाचार प्रकाशित भएपछि पुन ः अध्यक्ष आफै संघिय मामिलामा गई आईतवार साँझ पत्र लिएर आएको तथा हिजो सोमवार नायव सुब्बा जगत प्रसाद साहलाई निमित्त प्रमुखमा हाजिर गराएको कार्य एकदमै हस्यास्पद र संघिय मामिला मन्त्रालयको चरम लापरवाहीको कारण स्थानीय तहमा आर्थिक अनियमितता मौलाउदै गएको आरोप दुर्गा भगवती गाउँपालिकाको बासिन्दा सुनिल सिंहले आरोप लगाए ।
गाउँ गाउँमा सिंह दरवारको अवधारणा सहित स्थापित भएको स्थानिय तहलाई भद्रगोल एवं अस्तव्यस्त बनाउनमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ठूलो भुमिका रहेको गम्भीर आरोप लगाउदै सिंहले जनताको लागि आएको शासन व्यवस्थामा जनप्रतिनिधिका तानाशाहीको कारण स्थानीय तहहरु बदनाम हुँदै यो व्यवस्था माथि नै वितृष्णा खडा भएको बताए । आफनो अनुकुलको, नजिकका कर्मचारीको नाम सिफारिस पठाई निमित्त प्रमुखको जिम्मेवारी पत्र मगाउने परम्परा अन्त्य नभए सम्म स्थानीय तहमा मौलाउदै गएको भ्रष्टाचार अन्त्य नहुने उनले जिकिर गरे ।
चन्द्रपुर नगरपालिकामा मात्रै उप सचिव रहेको छ त्यस बाहेक कुनै नगरपालिकामा उपसचिव र गाउँपाकिलामा अधिकृत छैनन् । राजदेवी नगरपालिकामा स्वास्थ्यका कर्मचारी सुबोध साह, बौधीमाईमा रामेश्वर यादव, गरुडामा रामबाबु यादव र गुजरा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा विनोद जयसवाल निमित्त प्रमुखको जिम्मेवारी संघिय मामिलाले दिएपछि उनीहरुले नै कार्यालय संचालन गर्दै आएका छ ।
उनीहरू सबै स्वास्थ्य शाखाका संयोजक हुन् । गरुडाका यादव स्वास्थ्यका छैटौं तहका कर्मचारी हुन् । नगरपालिकामा आठौं तहका कर्मचारी हुँदा हुँदै नगर प्रमुख इन्नुराय यादवको सिफारिसमा साहलाई निमित्त बनाइएको हो । निमित्त पाएकाहरू सबैलाई नगर प्रमुखले मन्त्रालयमा सिफारिस गरेपछि जिम्मेवारी दिइएको हो । यमुनामाई गाउँपालिकाको प्रमुख प्रशासकीय प्रमुखमा आयुर्वेदको कर्मचारी रामसृष्ट यादव पनि स्वास्थ्यका कर्मचारी हुन् ।
मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवनारायण साह इन्जिनियर हो । उपसचिवको दरबन्दी रहेको मौलापुरमा अहिलेसम्म निमित्तकै भरमा चलेको छ । कटहरिया नगरपालिकाका लेखापाल रामप्रकाश साहलाई निमित्तको जिम्मेवारी दिइएको छ । इशनाथ नगरपालिकामा शिक्षा संयोजक नन्दकिशोर गुप्तालाई निमित्तको जिम्मेवारी दिइएको छ ।
गौर, गढीमाई, वृन्दावन, फतुवा विजयपुर, राजपुर, परोहालगायतका नगरपालिकामा पनि मन्त्रालयले उपसचिव पठाएको छैन । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नगर प्रमुखहरूले आफ्नो अनुकूलको कर्मचारी रोजेर ल्याउने चलन लाई सम्बन्धित मन्त्रालयले प्रोत्साहन दिएको पाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै