झ्यालमा लगाउने सिसाले काटेर युवकको हत्या

तराई टप
चन्द्रपुर (रौतहट), २१ मंसिर । चन्द्रपुर नगरपालिकाको मंगलपुर घर भएको एक युवकलाई सिसाले काटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ ।
रौतहटको चन्द्रपुर नपा १ मंगलपुरका २८ बर्षिय युवक गोपाल थिंगको घरको घरको झ्यालमा प्रयोग गर्ने सिसाबाट काटिएको अवस्थामा सोमवार राति शव फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको हो । थिंगलाई हत्या गरिएको आशंकामा तिन जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।
मृतकको दाजु ३५ बर्षिय रबिन थिंग, उनको माइजु नातामा पर्ने ४२ बर्षिया बुद्धिमाया पाख्रिन र काठमाण्डौ घर भई गत साता आफन्त भेट्न आएका निजको मामा ३९ बर्षिय आशिष पाख्रिनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
उनीहरु मादक पदार्थ सेवन गरी वेलुकी वाद विवाद गरेको र कुटपिट गर्दा घरको झ्यालमा प्रयोग गर्ने सिसाले देव्रे हात काटिदा अत्याधिक रगत बगेर मारेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हुँदा उनीहरु संग गहन एवं सुक्ष्म अनुसन्धान भईरहेको इप्रका चन्द्रपुरका प्रहरी निरीक्षक अरविन्द कुमार साहले जानकारी दिए ।