do i have to download zoom to use it java zoom api download zoom download desktop client - zoom download desktop client download and install zoom zoom opener download

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

   १७ कार्तिक २०७७, सोमबार १७:४०  

रौतहट, १७ कार्तिक । रौतहट प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर कारवाही सुरु गरेको छ ।
कटहरिया नगरपालिका १ झौवा टोल नजिक एक १४ बर्षिया अपांग बालिकालाई विभिन्न प्रलोभन तथा रकमी प्रलोभनमा पारेर सोही स्थानका ४५ बर्षिय रामलाल राय यादवले अत्याधिक मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरिरहेको अवस्थामा अपाँग बालिकाको कराउदा स्थानीय बासिन्दाहरुले समातेर प्रहरीको जिम्मा लगाएका थिए ।
४५ बर्षिय यादव कार्तिक १४ गते राति मादक पदार्थ सेवन गरी झौवा र बडेरवा गाउँको विचमा एउटा फुसको छाप्रोमा बस्दै आएका अपाँग बालिकालाई प्रलोभनमा पारेर बलपूर्वक जबरजस्ती करणी गरिरहेकै अवस्थामा स्थानीयले रंगे हात समाती कुटपीट गर्दै प्रहरीलाई बुझाएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रवि रावलले जानकारी दिए ।
यादव संगै रहेका अर्का आरोपी महन्थ यादव भाग्न सफल भएको पीडिता परिवारले बताउंदै आएका छन । फरार रहेको आरोपीको खोजतलास भईरहेको छ भने पिडिता बालिकालाई स्वास्थ्य परिक्षण गराएर आरोपि विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान कार्य भईरहेको उनले बताए ।
यसैगरी जवरजस्ती करणीकै आरोपमा प्रहरीले देवाही गोनाही नगरपालिका वडा नम्बर १ करुनियाका १९ वर्षीय शेख बिगन भन्ने महमद तौफिकलाई पक्राउ गरेको छ । तौफिकले गत कार्तिक १३ गते सोही स्थानमा बस्ने एक बालिकालाई जवरजस्ती करणी गरेको र उनलाई स्थानीयले घटनास्थलबाट समाती ईलाका प्रहरी कार्यालय देवाही गोनाहीर्मा बुझाएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेका दुबैजनालाई इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको र उनीहरु विरुद्ध जबरजस्ती करणी उद्योग मुद्दामा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालत गौरबाट सोमवार १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी रावलले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै