रुख फडानी एवं चोरी तस्करी अभियान फितलो बन्दै

498 Shares

तराई टप
चन्द्रपुर (रौतहट), २१ मंसिर । रौतहटको वन क्षेत्रबाट रुख फडानी एवं तस्करी अभियान फितलो बन्दै गएको छ ।
रौतहटको वन क्षेत्रमा हुँदै गएको रुख फडानी गरी काठको चोरी निकासी कार्य फितलो बन्दै जाँदा वन क्षेत्र पातलिदै गएको हो । विभिन्न स्थानहरुबाट काठ बरामद भएपनि काठ तस्करहरु पक्राउ पदैनन् । यदी यदाकदा पक्राउ परेपनि उनीहरु सजिलै धरौटीमा छुट्ने परमपराबाट वन कार्यालय रौतहटको चोरी तस्करी नियन्त्रण अभियान फितलो बनेका छन् ।
काठ सहित पक्राउ परेका तस्करहरु वरामद भएको काठको बिगो अनुसार धरौटी राखेर सजिदै छुटिहाल्ने परम्परा विद्यमान रहेको वन कार्यालय श्रोतबाट बुझिएको छ । उनीहरु फेरी पुरानै काममा संलग्न हुने भएको कारण चोरी तस्करी नियन्त्रण अहिले चुनौती पूर्ण बनेको बताइएको छ । विगत तिन बर्षको तथ्याँक हेर्ने हो भने डिभिजन वन कार्यालय चन्द्रपुरले विभिन्न क्षेत्रबाट तस्करी हुन लागेको सालको काठ र सवारी साधन नियन्त्रणमा लिएको छ तर त्यस अनुसारको तस्कर पक्राउ पर्न सकेका छैनन् ।
तिन बर्षमा ६३७ क्युविक फिट तस्करीको काठ बरामद गरिएको छ । सोही अवधीमा विशेष गरी काठ तस्करीमै प्रयोग गर्न मोडिफाई गरिएको साइकल मात्रै २५१ वटा नियन्त्रणमा लिइएको वनको तथ्याँकमा उल्लेख रहेको छ । काठ तस्करीको क्रममा बरामद भएको मोडिफाईको साइकलको संख्या र नियन्त्रणमा लिएको व्यक्तिको संख्याबाट प्रष्ट भएको छ यहाँ चोरी तस्करी नियन्त्रण कार्य अति नै फितलो रहेको पाइएका छन् । तिन वर्षमा २३ जना साइकल चालक मात्रै पक्राउ पर्नाले कर्मचारी माथि शंका उब्जनु स्वभाविकै रहेको आरोप लागिरहेको छ ।
मोडिफाई गरिएको साइकल मात्र नभई पछिल्ला ५ बर्षमा वन कार्यालयले तस्करीमा प्रयोग भएको १०६ वटा टायर गाडा, १६ वटा ट्रेक्टर, ३ वटा जिप, ३१ वटा मोटरसाइकल, ३ वटा टेम्पु, १ मिनीबस र १ वटा पिकअप नियन्त्रणमा लिएर कारवाही गरेको छ तर सवारीको तुल्नामा तस्करको संख्या अतिनै न्यून रहेको पाइएको छ ।
डिभिजन वन कार्यालय चन्द्रपुरको निमित्त प्रमुख अमरदेव यादवले चोरी तस्करी नियन्त्रण गर्न हामी अहोरात्री खटेका छौ तर हाम्रो टोलीलाई हेरेर तस्करहरु सवारी साधन छाडेर भाग्ने गरेको हुँदा सवारीको तुल्नामा व्यक्तिको संख्या न्यून रहेको बताए । हाम्रा कर्मचारीहरु वन फडानीलाई नियन्त्रण गर्न निरन्तर रुपमा प्रयास गरिरहेको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार