रोटीबेटीको बाहेक सैनिक क्षेत्रमा गहिरो सम्बन्ध नेपाल भारत बीच रहेकोः भाजपा नेता डा. जोलीको धारणा

0 Shares
रौतहट, ७ जेठ । नेपाल भ्रमणमा रहनु भएका भारतीय जनता पार्टी (भाजपा) का नेता डा. विजय जोलीले नेपाल र भारत बीच रोटी बेटीको सम्बन्ध बाहेक सैनिक क्षेत्रमा पनि गहिरो सम्बन्ध रहेको बताए ।
भाजपा नेता डा. जोलीले नेपालमा रहेका बहुदलिय लोकतान्त्रिक प्रणालीको पक्षमा सधै भारत रहेको उल्लेख गर्दै भारत नेपाल बीच रोटीबेटी मै सम्बन्ध कायम नभई सैनिकको क्षेत्रमा पनि गहिरो सम्बन्ध रहेको प्रष्ट पारे ।
इन्स्टिच्युट फर पब्लिक पोलिसी एन्ड पार्टनरसिपको निमन्त्रणामा चार दिने भ्रमणमा रहेका जोलीले राष्ट्रपति रामचन्द्र पौडेल, विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गरेका छन् । उनले आफ्नो भ्रमणको क्रममा नेपाली जनताको भावनालाई बुझ्ने मौका पाएको भन्दै भने– ‘नेपालका ८१.२ प्रतिशत हिन्दु जनताले हिन्दु राष्ट्र चाहन्छन् भने म त्यसमा साथ दिन तयार छु ।’’
नेपालका ८१ प्रतिशत हिन्दु जनताले नेपालमा हिन्दु राष्ट्र चाहने बताउँदै उनले हिन्दु राष्ट्रका लागि प्रयास गर्छन् भने त्यसमा आफ्नो साथ रहने बताए । उनले जनताको यो मूल भावनालाई ध्यानमा राखेमा देशको लोकतन्त्र झन् बलियो हुने बताए ।
दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) को सार्थकता समाप्त भईसकेको बताउदै उक्त सार्थकता समाप्त पार्नमा पाकिस्तान प्रमुख दोषि भएको भाजपा नेता डा. जोलीले स्पष्ट पारे । पाकिस्तान सधै आतंकबादको मतियार रहेको हुँदा आतंकबाद संग कदापी तालमेल वा साँठगाठ हुन नसक्ने बताउदै भारत सधै शान्तिको पक्षधर रहेको हुँदा दक्षिण एसियाली राष्ट्रहरुमा शान्ति, विकास र उन्नती चाहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।