सुनियोजित रुपमा घटना गराएको काँग्रेसद्वारा आरोप लगाउदै महालक्ष्मि चिनी मिल नजिकै हुलाकी राजमार्ग अवरुद्ध

0 Shares
सर्लाही, ७ जेठ । सर्लाहीको गोडैता नगरपालिका स्थित बगदह चिनी मिल्स नजिकै एक भारतीय नम्वरको स्कार्पियो जिप पल्टिाइएको बिषयलाई लिएर नेपाली काँग्रेसले हुलाकी राजमार्ग अवरुद्ध बनाए ।
गोडैता नगरपालिका वडा नम्वर ६ बगदहमा रहेका महालक्ष्मि चिनी मिल्सको पूर्व पटि हुलाकी राजमार्गमा आज अपरान्ह् ५ बजेको समयमा बीआर ०५ पीए ८६३५ नम्वरको स्कार्पियो जिप पल्टिएका थिए ।
रामनगर गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हरिनन्दन यादव र चालक संजिवकुमार यादव सवार उक्त स्कार्पियो पल्टिएपछि यादव सहित काँग्रेसका स्थानीयहरु उक्त स्थानमा बाटो अवरुद्ध बनाएर केही बेर बसेको बताइएको छ ।
 हरिनन्दन यादवले माओवादी नेता एवं संविधान सभा सदस्य शिवपुजन यादवका भाई भतिजा एवं लठैतहरुले तिन वटा गाडीले लखेट्दै अगाडीबाट सिसामा भाँटा प्रहार गरेपछि अनियन्त्रित भएर पल्टिएको गम्भीर आरोप लगाए । ज्यान मार्ने उद्देश्यबाट फायरिंग समेत गरेको हुँदा सुनियोजित रुपमा आफू माथि आक्रमण गरिएको हुँदा घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेर आवश्यक कारवाही गर्न उनले माग गरे ।
यसैविच संविधान सभा सदस्य एवं माओवादी नेता शिवपुजन पक्षका अनुसार गडु यादवलाई ज्यान मार्न उद्देश्यबाट साँघातिक आक्रमण गरेको घटनामा ज्यान मार्ने उद्योगका आरोपीत विष्णु राय यादव समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाउन जाने क्रममा आत्तिएर भाग्ने क्रममा उक्त गाडी पल्टिएको र आरोपितलाई समेत भाग्नमा सघाएको गम्भीर अरोप लगाए ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले दुईवटा गाडीले लखेट्ने क्रममा दुर्घटना भएको छ र दुईजना घाइते भएको बताए । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनलेे जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।