zoom version 5.9.1 download zoom cloud meeting app for windows zoom in browser no download install zoom app on computer zoom webinar software download zoom meeting for pc download zoom download pc free chromatic zoom effect download

सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना, चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत सहित १३ जनाको मृत्यु

   २२ मंसिर २०७८, बुधबार २१:१९  

तराई टप
रौतहट, २२ मंसिर । भारतमा सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना हुँदा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत सहित १३ जना सैनिक अफिसरको मृत्यु भएको छ ।
चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत सहित १४ जना सेनाको अफिसर सवार थिए जसमध्ये १३ जनाको मृत्यु भएको छ भने एक जनाको सैनिक अस्पतालमा उपचार भईरहेको बताइएको हो ।
रक्षामन्त्री राजनाथ सिंहले बुधबार घटनाबारे संसद्लाई जानकारी दिएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । रावत सन् २०२० जनवरी १ मा देशको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त भएका थिए । वायु सेनाले घटनाको कारण पत्ता लगाउन जाँचको आदेश दिएको छ ।
चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा भएको थियो । इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई–१७ भी ५ हेलिकप्टर दुर्घटनामा परेको बताएको छ ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको इन्डियन एक्सप्रेसले जनाएको छ । हेलिकप्टरमा सेना प्रमुख रावतकी पत्नी पनि रहेको समाचारहरुमा जनाइएको छ । तामिलनाडुको सुलुरस्थित सैन्य शिविरबाट वेलिङटन जाने क्रममा हेलिकप्टर दुर्घटना भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै