रौतहट, ९ जेठ । रौतहटमा यस्तो स्थानीय तह पनि छन् जहाँ प्रक्रिया सुरु हुनु भन्दा अगावै सेटिंगको आधारमा योजनाहरुको निर्माण कार्य सुरु गराएर लाखौंको भ्रष्टाचारमा स्थानीय सरकार प्रमुख चुल्लुम्म डुबेपनि सम्बध निकाय वेखबर छन् ।
गरुडा नगरपालिका वडा नम्वर ५ स्थित सहिद रामविश्वास जयसवाल प्रतिष्ठानको भवन निर्माण गर्न २०८२ वैशाख १८ गते बोलपत्र आह्वान गरिएता पनि उक्त भवनको जगको कार्य बैशाख महिना देखि सुरु भई सम्पन्न भईसकेका हुन् ।
एकातिर गरुडा नगरपालिकाबाट बोलपत्र आह्वान गरेर नाटक मंचन गर्नु अर्को तिर सेटिंगकै आधारमा प्रक्रिया पुरा हुने अगावै देखि कार्य सुरु गराएर नेपाल सरकारको मापदण्ड विपरित कार्यहरु धमाधम गरुडा नगरपालिकाको नगरप्रमुख गराइराख्दा पनि सम्बध निकाय कानमा तेल हालेर बहिरो बनेको गम्भीर आरोप स्थानीयहरुले लगाए ।
एक करोड ३८ लाख ४५ हजार ७४२ रुपैया ९७ पैसाको लागतमा निर्माण हुने उक्त प्रतिष्ठान भवनको जेठ १८ गते प्रक्रिया अनुसार दर्ता भएका बोलपत्रहरु खोलिने दिन भएपछि गएको बैशाख महिना देखिनै उक्त प्रतिष्ठानको कार्य सुरु भई जगको निर्माण कार्य समेत सम्पन्न भईसक्दा गरुडा नगरपालिका माथि अहिले गम्भीर प्रश्न चिन्ह् खडा भएका छन् ।
निर्माण भईरहेका स्थानमा तराई टप ले गरेको स्थलगत अनुगमनबाट स्थानीय विपीन जयसवालले उपलब्ध गराएको जग्गामा गरुडा नगरपालिकाबाट टेण्डर आह्वान गरिएपनि बैशाख महिना देखि नै निर्माण कार्य भईरहेको त्यहाँ कार्यरत एक जना मजदुरले बताए ।
जग्गादाता विपीन जयसवाल संग कुरा गर्दा सहिद रामविश्वास जयसवाल प्रतिष्ठानको भवन बनाउन डिपिआर तयार पारी बजेटको श्रोत सुनिश्चितता गराएको बताउदै टेण्डर प्रक्रियामा गयो । सोही आधारमा आफूलाई भवन बनाउन नगरपालिकाले भनेपनि निर्माण कार्यको थालनी गरे तर केही विवाद आएपछि चार पाँच दिन देखि काम बन्द रहेको उनले भने ।
यसरी नेपाल सरकारको लाखौं लाख रकमको गरुडा नगरपालिकाको नगरप्रमुख कन्ठमुनी प्रसाद कलवार र निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहम्मद मुस्ताक आलमले अनियमितता गर्न गराउनमा लागि परेको देखिन्छ ।
यस विषयमा गरुडा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहम्मद मुस्ताक आलमले आफूलाई केही थाहा नभएको, नगरप्रमुख संगै सोध्नु भन्दै पन्छिए ।
गरुडा नगरपालिकाको नगरप्रमुख कन्ठमुनी प्रसाद कलवार संग उनकै कार्यकक्षमा गएर यसविषयमा कुरा गर्न खोज्दा आफूलाई अहिले फुर्सद छै्रन्, तपाई संग फोनमै कुरा गर्ने भन्दै जवाफ दिएनन् ।
स्मरणीय रहोस की, गरुडा नगरपालिकामा ऐन कानुन र प्रक्रिया मिचेर भ्रष्टाचार चरम सिमामा रहेको छ । समयमै उक्त कार्यहरुको नियमन गर्न चेकजाँच एवं छानविन गरी दोषिलाई कानुनी कठघेरामा उभ्याउन स्थानीयबासीहरु जोडदार रुपमा माग उठाएका छन् ।
यो त एउटा उदाहरण मात्रै हो भोली देखि तराई टपमा गरुडा नगरपालिकामा प्रक्रिया मिचेर भईरहेको भ्रष्टाचार सम्बन्धि समाचार सिलसिलेवार रुपमा आउने प्रतिबद्धता व्यक्त गर्दछु ।