काँग्रेसको राष्ट्रिय महाधिवेशन नजिकिदै जाँदा धमाधम उम्मेदवारी घोषणा गर्ने क्रम जारी

   मंसिर २२, २०७८  
426 Shares

तराई टप
काठमाडौं, २२ मंसिर । नेपाली काँग्रेसको १४ राष्ट्रिय महाधिवेशन दुई दिन मात्रै बाँकी रहदा पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरू धमाधम उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेका छन् ।
मंसिर २४ गते उद्घाटन हुने काँग्रेस महाधिवेशनले ५ वर्षका लागि केन्द्रीय नेतृत्व छान्ने हुँदा आकांक्षीहरू धमाधम दावेदारी घोषणा गर्न थालेका हुन् । झण्डै ४५ सय महाधिवेशन प्रतिनिधिहरु छानेको काँग्रेसले एक सभापति, दुई उपसभापति, २ महामन्त्री र ८ सह महामन्त्री सहित १३ पदाधिकारी र १६५ जना केन्द्रीय कमिटी सदस्य निर्वाचित गर्ने छन् ।
तीन समूहमा विभाजित काँग्रेस शेरबहादुर देउवा समुह, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र कृष्ण सिटौला समूहमा विभाजित भएको छ । यो पटक विगतमा देउवासँगै रहेका विमलेन्द्र निधि पनि सभापति दावी गरेर चुनावी प्रचार प्रसारमा जुटेका छन् । यद्यपी कुनैपनि समुहले आफ्नो प्यानल भने बनाइसकेका छैनन् ।
प्यानल बनाउने र उम्मेदवार घटाउने कसरतमा जुटेका काँग्रेस नेताहरुको दौडधूप जारी रहेकै बेला काँग्रेसको केन्द्रीय पदाधिकारी मध्ये सभापति र उपसभापति पछिको शक्तिशाली मानिने महामन्त्री पदमा रोचक भीडन्त हुने देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै