गरुडा (रौतहट), १२ जेठ । जिल्लाको गरुडा नगरपालिकाका नगरप्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतले ऐन कानुन लत्याउदै सेटिंगमा धमाघम योजनाहरु संचालन गराइ नियमनकारी निकायलाई चुनौती दिएका छन् ।
नगरप्रमुख कन्थमणीप्रसाद कलवार, निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहम्मद मुस्ताक आलमले टेण्डर अगाबै प्रक्रिया मिचेर योजना संचालन गरेका छन् । उनले ऐनकानुनलाई खुलेआम चुनौती दिदै आएता पनि सम्बध निकाय मौन बसेकाले पालिकामा अनियमितता बढेर गएको स्थानियले आरोप लगाउदै आएको छ । यस बिषयमा स्थानियले अख्तियारमा उजुरी समेत दिन लागेको जानकारी दिएका छन् ।
गरुडा नगरपालिका वडा नम्वर ६ पोठियाही स्थित छठघाट निर्माणका लागि १ करोड ३८ लाख ४६ हजार १५१ रुपैया ८० पैसाको इबिडिंग बोलपत्र आह्वान गरेको थियो । ईबिडिङ यही जेठ १८ गते पुरा हुँदैछ । तर समय अगावै वैशाख महिना देखि छठघाटको निर्माण कार्य सुरु भएको स्थानियले बताएका छन् । बोलपत्रको प्रक्रिया सम्पन्न नहुँदै नियम बिपरित निर्माणको काम सुरु गरेको नगरपालिकाका मेयरका प्रत्यासी अनिल यादवले बताए । ‘नियम मिचेर निर्माणको काम भईरहेको देखेर हामि अचम्म परेका छौ,’उनलेभने,‘हामि सम्बन्धित निकायको ध्यानाकर्षण गराउछौ । नियम बिपरित काम गर्नु राम्रो होईन् ।’ एउटै पोखरीमा बिभिन्न योजनाको नाम दिएर कामको शिर्षक अरुनै राखी निर्माणको काम गरेको स्थानियको आरोप छ ।
बोलपत्रको प्रक्रिया सम्पन्न नहुँदै नियम बिपरित निर्माणको काम सुरु गरेको नगरपालिकाका मेयरका प्रत्यासी अनिल यादवले बताए । ‘नियम मिचेर निर्माणको काम भईरहेको देखेर हामि अचम्म परेका छौ,’उनलेभने,‘हामि सम्बन्धित निकायको ध्यानाकर्षण गराउछौ । नियम बिपरित काम गर्नु राम्रो होईन् ।’ एउटै पोखरीमा बिभिन्न योजनाको नाम दिएर कामको शिर्षक अरुनै राखी निर्माणको काम गरेको स्थानियको आरोप छ ।
गरुडा नगरपालिका– ५ स्थित सहिद रामविश्वास जयसवाल प्रतिष्ठान भवन निर्माण गर्न २०८२ वैशाख १८ गते बोलपत्र आह्वान गरिएको थियो । उक्त भवनको जग निर्माणको काम बैशाखको पहिलो साता देखी नै सुरु भइको यादबले सुनाए । उनलेभने,‘यस्तो बेथितिको सम्बन्धित नकिायबाट छानविन हुनु पर्छ ।’ एकातिर नगरपालिकाबाट बोलपत्र आह्वान गरेर नाटक मंचन गर्नु अर्को तिर आफनैलाई उपभोक्ता समितिमा राखेर सेटिंगमा विभिन्न निर्माण व्यवसायीहरु मार्फत काम गराई रहेका छन् । नगरप्रमुख कलवार, निमित्त प्रमुख प्रशासकीय अधिकृत आलमको निर्देशनमा इन्जिनियर सन्जय यादवले प्रक्रिया मिचेर पालिकालाई ठूलो आर्थिक भार पारेर अनियमितता गरेको हुदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्बधित निकायलाई जानकारी गराईसक्दा पनि अहिले सम्म निर्माणको काम अंकुश नलाग्दा अनियमित गर्नेहरुको मनोबल बढेको पाइएको छ ।
नगरपालिकाबाट बैशाख १८ र १९ गते करिव साढे ८ करोड भन्दा बढिको ६ वटा योजना निर्माणका लागि इ–विडिंग आह्वान गरेको रेकर्डमा देखिन्छ । तर व्यवहारिक रुपमा फरक पाइएको छ । अधिकाँश योजनाहरु टेण्डर प्रक्रिया पुरा हुनु अगाबै निर्माणको काम सुरु भएको पाइएको छ । नेपाल सरकारको लाखौ रकमको नगरप्रमुख कलवार र निमित्त प्रमुख प्रशासकीय अधिकृत आलम सहितका कर्मचारीको मनोपली कामबाट अनियमितताको पराकाष्ठा नाघेको आरोप लागेको छ । अधिकृत आलमले टेण्डर आह्वान भएको बताउदै काम कसरी सुरु भयो आफूसंग नसोध्नुस अनुरोध गरे । नगरप्रमुख कलवारले अर्को दिन आउनुस भन्छु, अहिले जानकारी दिन फुर्सद छैन् भनेर पन्छिन खोजे । उनले गैर जिम्मेवारीपूर्ण जवाफबाट नगरपालिकामा भईरहेको संस्थागत भ्रष्टाचारको पोल खोल्दिए । स्मरणीय रहोस नगरपालिकामा ऐन कानुन र प्रक्रिया मिचेर योजनाहरुको गोप्य सूचना प्रकाशित गरेर निर्माण व्यवसायीहरुबाट काम सुरु गराएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयले निमित्त प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखलाई बोलाई २० लाख भन्दा बढि रकमको बोलपत्र आह्वान गर्दा इबिडिंग गर्नुपर्ने भन्दै गोप्य सूचना रद्ध गर्न लगाएको थियो । पालिकाले उक्त योजनाको बैसाख १८र १९ गते पुन इबिडिंगको सुचना प्रकाशित गरेको थियो । तर काम भने अगाडि देखी नै सुरु गरेको प्रत्यासी यादबले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन