पाकिस्तानी जेहादी आतंकवादविरुद्ध नेपालमा जनमत तयार पार्नुपर्ने राष्ट्रिय एकता अभियानको अठोट

0 Shares
काठमाडौ, १२ जेठ । राष्ट्रिय एकता अभियानद्वारा काठमाडौँमा आयोजित पाकिस्तानी जेहादी आतंकवाद र नेपालको सुरक्षा चुनौती विषयक बहस कार्यक्रममा वक्ताहरुले भारत–नेपाल खुला सिमानाको दुरुपयोग गर्दै पाकिस्तान समर्थित आतंकवादी समूहहरूले नेपाललाई आन्तरिक सुरक्षा चुनौती बनाउँदै लगेको गम्भीर चिन्ता व्यक्त गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक (डिआईजी) राजेश कर्णले पाकिस्तानी आतंककारी गतिविधि विरुद्ध नेपाल सतर्क रहनु पर्ने आबाश्यकतामा जोड दिए ।
प्रमुख वक्ताका रूपमा वरिष्ठ पत्रकार युगनाथ शर्मा पौडेल, राष्ट्रिय एकता अभियानका अध्यक्ष एबम सभापति विनय यादवले आतंकवादका बदलिदो रूप र त्यसको क्षेत्रीय प्रभावबारे धारणा राखे ।
वक्ताहरुले सन् १९८० को दशकदेखि नै पाकिस्तानको गुप्तचर संस्था आईएसआई ले भारतको कश्मीरमा आतंक फैलाउन नेपालमा आधार क्षेत्र बनाएर घुसपैठ र आर्थिक, धार्मिक नेटवर्कको निर्माण गरेको प्रमाण सहित चर्चा गरेका थिए । नेपाल भारत खुला सीमाको दुरुपयोग गर्दै पाकिस्तानी आतंकी सञ्जालले नेपालको धर्मिक सहिष्णुता, सामाजिक सद्भाव र अन्तरराष्ट्रिय छविमाथि प्रश्न खडा गरिरहेको वक्ताहरुको ठहर थियो ।
नेपालमा आतंकवादको स्थायी श्रृंखला नबनाओस भन्ने हाम्रो साझा जिम्मेवारी हो, कार्यक्रमका प्रमुख वक्ता युगनाथ शर्मा पौडेलले भने, अब हामीले खुला रूपमा विश्व समुदाय सामु आवाज उठाउनु पर्छ कि नेपाल पाकिस्तानी आतंकको भुँइचालो बन्ने छैन ।
उनले आतंककारी अब्दुल करिम टुण्डा, सैफुल्लाह, यासिन भटकल जस्ता कुख्यात आतंककारीले नेपाललाई लुक्ने, योजना बनाउने र पासपोर्ट परिवर्तन गर्ने सुरक्षित स्थल बनाएको ऐतिहासिक घटनाहरू स्मरण गराए । नेपाल प्रहरीले यिनलाई पक्राउ गरे पनि नेपाल भित्र यस्तो आतंकी उपस्थिति हुनु नै राष्ट्रिय सुरक्षाको गम्भीर चुनौती भएको पौडेलको तर्क थियो ।
वक्ताहरुले पछिल्लो समय जम्मु–कश्मीरको पहलगाममा नेपाली युवक सुदीप न्यौपानेको हत्या पाकिस्तान–प्रेरित आतंकवादको एक नमूना भएको टिप्पणी गरे । यो एक दुर्घटना मात्र होइन, पाकिस्तानको आतंकवादले नेपालका युवालाई कस्तो प्रकारको खतरा उत्पन्न हुन सक्छ भन्ने चेतावनी पनि हो, विनय यादवले भने ।
अभियानका अध्यक्ष बिनय यादबले भने, अब हाम्रो कूटनीतिक नीति स्पष्ट हुनुपर्छ – नेपाल कुनै पनि आतंकवादी संगठनहरुको लुकाउने भूमिमा परिणत हुने छैन । उनले नेपाल–भारत सम्बन्धमा असहजता ल्याउने उद्देश्यबाट पाकिस्तानले लगातार नेपाल प्रयोग गर्ने रणनीति अपनाएको बताए ।
पत्रकार पौडेलले भने, सार्कको निष्क्रियता र पाकिस्तानकै कारण क्षेत्रीय एकता संकटमा परेको छ । सार्क आज पाकिस्तानले आतंकवादको राजनीति गर्दा कोमामा पुगेको संस्था बनेको छ ।
युगनाथ शर्मा पौडेलले थपे, पाकिस्तानी आतंककारी प्रवृत्ति विरुद्ध अब नेपाल पनि स्पष्ट पक्षमा उभिनु पर्छ । यसका लागि सञ्चारकर्मी, नागरिक समाज, सरकार र सुरक्षा निकायले एकजुट भएर अन्तरराष्ट्रिय जनमत निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अभियानका उपाध्यक्ष माननीय भुपेन्द्र चौधरी, रिता साह, जय नारायण यादब, रबि शाह, कालनन्द मिश्र लगायत पत्रकार, सुरक्षा विश्लेषक, अनुसन्धानकर्ता, पूर्व अधिकारी, राजनीतिक विश्लेषक तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।