अनुदानको रासायनिक मलखाद्य निजी पसलमा, किसानहरुद्धारा प्रदर्शन

   मंसिर २३, २०७८  
380 Shares

तराई टप
रौतहट, २३ मंसिर । सहकारीको नाममा ल्याएको रासायनिक मल निजी विउविजन पसलमा विक्री वितरण गरिरहेको पाइएपछि रौतहटको माधोपुरका किसानहरु प्रदर्शन गरेका छन् ।
किसानहरुलाई गहुँको विऊ छर्न चटारो भएको अवस्थामा रासायनिक मलखाद्य नपाएर अस्तव्यस्त रहेको किसानहरु पिडित बन्दै गएको छ अर्को तर्फ रौतहटका एक सहकारी संस्थाले अनुदानमा पाएको रासायनिक मल अन्यत्र निजी पसलमा विक्रि गरेको फेला परेपछि किसानहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
माधवनारायण नगरपालिका ६ माधोपुर बजारमा आयुष कृषि सहकारी संस्थाले किसानलाई सहुलियत दरमा वितरण गर्न सरकारबाट अनुदानमा पाएको मलखाद्य किसानलाई नदिई बढी पैसा कमाउने उद्देश्यबाट निजी विउविजन पसललाई दिई बढि मुनाफा लिई विक्रि गरेको फेला परेपछि किसानहरु आन्दोलित भएको छ ।
सहकारीका सञ्चालक धिरेन्द्र भगतले स्थानीय श्याम बिज भण्डारका सञ्चालक श्याम साहसँग उक्त मलखाद्य विक्रि गरेको किसानहरुको आरोप छ । स्थानीय एक जना किसानले मंगलवार राति ८ बजे श्याम विजभण्डारमा मलखाद्य किन्न जाँदा सञ्चालक श्याम साहले प्रतिबोरा २४ सय पर्ने डिएपी ३ हजार ३ सयमा विक्रि गरेपछि खोजतलास गर्दै जाँदा आयुष कृषि सहकारीका सञ्चालक भगतले श्याम विजभण्डारसँग मल विक्रि गरेको पोल खुलेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै