भारतीय महावाणिज्यदूतावास वीरगञ्जद्वारा पोखरियामा योग अभ्यास कार्यक्रमको आयोजना

0 Shares
वीरगञ्ज, १३ जेठ । ११ औं अन्तरराष्ट्रिय योग दिवस भव्यताका साथ मनाउन विभिन्न योग अभ्यासको आयोजना गरेर प्रचार प्रसार गरिने कार्यक्रमको आयोजना गरियो ।
भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा पोखरिया नगरपालिकामा आज मंगलवार आयोजित योग अभ्यासका कार्यक्रमको आयोजना गरी ११ औं अन्तरराष्ट्रिय योग दिवसको प्रचार प्रसार गरिएको हो ।
जिल्ला उच्चाडल रामदेव कलवार माध्यमिक विद्यालय पोखरियाको सहकार्यमा उक्त विद्यालयमा आयोजित योग अभ्यास कार्यक्रममा पोखरिया नगरप्रमुख प्रदुमन प्रसाद चौहानको प्रमुख आतिथ्य तथा महावाणिज्यदूत देवी सहाय मिणाको प्रमुख उपस्थिति रहेका थिए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै पोखरिया नगरपालिकाको नगरप्रमुख चौहानले मानव जीवनलाई शारिरीक तथा मानसिक रुपमा स्वस्थ्य बनाउन योग महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । योगको नियमित अभ्यासबाट शरिर चुस्त दुरुस्त एवं मानिस फुर्तीलो हुनुको साथै मानिस दिर्घायु बताए । हरेक नागरिकहरु नियमित रुपमा आफनै घरमा योग अभ्यास गर्नुपर्ने धारणा राखे ।
महावाणिज्यदूत देवी सहाय मिणाले दैनिक रुपमा योग गर्दाको फायदाहरु बारे जानकारी दिदै हरेक मानिस आफनो दैनिकी जीवनमा योगलाई अलिकति स्थान दिन आवश्यक रहेको चर्चा गरे । ११ औं अन्तरराष्ट्रिय योग दिवसको मुख्य नारा “एक पृथ्वी, एक स्वास्थ्यका लागि योग” को महत्वको वारेमा महावाणिज्यदूत मिणाले प्रकाश पारे ।
वीरगञ्ज स्थित भारतीय महावाणिज्यदुतावासद्वारा जारी प्रेस वक्तव्यमा जिल्ला उच्चाडल रामदेव कलवार माध्यमिक विद्यालय पोखरियाका प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरु, नागरिक समाजका प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, पोखरिया नगरपालिकाको कर्मचारीहरु सहितका उल्लेख संख्यामा व्यक्तिहरुको उपस्थिति भई योग अभ्यास कार्यक्रममा सहभागी भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।