पछिल्ला केही समय देखि राजावादी समूहहरुले ज्ञानेन्द्र शाह वा उनको नाती हृदयेन्द्रलाई राजा बनाउन सकिने अभिव्यक्ति दिइरहेका बेला विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिले हाल चर्चामा रहेका पात्रहरुमा राजामा हुनुपर्ने गुण र गरिमा नभएको बताए ।
जनचाहना भएमा गुण गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जोकोही व्यक्ति राजा बन्न सक्ने राष्ट्रिय समितिको धारणा छ । राप्रपा, राप्रपा नेपाल सहितका दलहरुले राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको लक्ष्य अनुसार यही जेठ १५ गते काठमाडौंमा हुन गईरहेको प्रदर्शनको सन्दर्भमा विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले चर्चामा रहेका अहिलेका पात्रमा राजा बन्ने गुण र गरिमा नभएको धारणा सार्वजनिक गरेका हुन् ।
विज्ञप्ती मार्फत महासंघका अध्यक्ष अधिकारीले सार्वजनिक गरिएका धारणा अनुसार “हिन्दु राष्ट्रमा राजा निषेधित हुँदैन, जनचाहना भएमा राजाकयी गुण गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जोकोही व्यक्ति राजा बन्न सक्छ ।” तर हाल चर्चामा रहेका पात्रहरुमा एउटा असल राजामा हुनुपर्ने गुण र गरिमा रहेको पाइदैनन् ।
जेठ १५ गते हुन लागेको प्रदर्शनको विषयमा मंगलबार काठमाडौंमा सम्पादकहरुसँगको छलफलमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने अभिव्यक्ति दिएका थिए ।
“यदि ज्ञानेन्द्र शाहलाई वृद्धि भयो भन्नुहुन्छ भने विकल्पमा जान तयार हुनुपर्छ,” शाहीकालमा मन्त्री समेत बनेका थापाले भनेका छन्, “राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्र शाहलाई राजा बनाऔं । उहाँ २० र २१ वर्षको हुनुभयो ।”
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेठ ६ गतेको एक सार्वजनिक कार्यक्रममा जनताको शान्तिपूर्ण प्रदर्शनको बलमा राजसंस्था र हिन्दु राज्य पुनस्र्थापना गरेरै छाड्ने बताएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन