तस्वीर सेतो पाटीबाट
रौतहट, १४ जेठ । उच्च अदालतले सफाई दिएको आदेश नख्खु कारागारलाई प्राप्त भएसंगै नेपाली काँग्रेसका पूर्व साँसद एवं चर्चित नेता मोहम्मद आफताव आलम कारागारबाट रिहा भएको छ ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जको आदेश पछि बहुचर्चित नेता आलम ५ बर्ष ८ महिना ८ दिनमा कारागारबाट रिहा भएको हो । साँसद रहेको बेला उनलाई २०७६ साल असोज २६ गते गौर चन्द्रपुर सडक खण्डमै टासिएको इद्रिश गेटबाट आलमलाई तात्कालिन एसपी भुपेन्द्र खत्रीको निर्देशनमा आलमलाई पक्राउ गरिएको थियो ।
उच्च अदालत वीरगञ्जको न्यायाधिशद्वय खुशी प्रसाद थारु, अर्जुन महर्जनको संयुक्त इजलासले आज आलम सहित ११ जना विरुद्ध जन्मकैदको फैसलालाई उल्टयाउदै उनलाई सफाइ दिइयो । सफाई पाएको पत्र प्राप्त भएसंगै उनलाई कारागारबाट छाडिएको छ ।
यस्तै उक्त आरोपमा दोषि पाएर सजाय भोग्दै आएका निजका भाई महताव आलम सहित गौर कारागारमा रहेका अन्य चार जनालाई कारागारले उनीहरुलाई पनि केही बेर अघि रिहा गरेको बताइएको छ ।
आफताव आलम रिहा भएपछि अहिले राजपुर, जिल्ला भरी सहित देशभरी काँग्रेसी नेता एवं कार्यकर्ताहरुमा खुशीको लहर छाएको साथै थप बल प्राप्त भएको महसुस गर्दै खुशीयाली मनाइरहेका छन् । राजपुर गाउँमा अहिले खुशी छाएको छ ।
यस्तै यस उक्त घटनाका निवेदक एवं पीडित पक्ष भनिएकाहरुले उच्च अदालतको फैसला प्रति असन्तुष्टि व्यक्त गर्दै न्यायको मृत्यु भएको जस्ता समाजिक संजालमा प्रतिक्रिया स्वरुप राखिएको छ ।
काँग्रेस नेता आलम रिहा हुँदाको क्षण
काँग्रेसका प्रख्यात नेता आलम कारागारबाट रिहा भएपछि नेपाली नम्वरको कारमा बसेर बाहिर निस्किदै गर्दा उनको अनुहार निकै भाभुक थियो । दुबै हात जोडेर अभिभावदन मुद्रामा हुनु हुन्थ्यो, भावुक हुन स्वभाविकै थिए उनी ५ बर्ष ८ महिना ८ दिनमा कारागार रुपी पिजडाबाट आजाद भईरहेका पल अत्यन्तै भावुक थियो जसलाई वर्णन गर्न साध्य छैनन् । जिल्ला अदालतले दोषि ठहर गरेर कारागार पठाए, उच्च अदालतले उनलाई जिल्लाको फैसला उल्टयाएर निर्दोष सावित गर्दै सफाई दिए । यो कानुनी दाउपेचमा एक संचारकर्मीलाई पर्नुपनि हुँदैनन् । न्याय माथि विश्वास गर्नेहरुको विजय अवश्य हुन्छन् भने सान्त्वनाका साथ कारागार मुक्त हुदाको क्षण पनि हुन सक्छ । तर जे भएपनि आलम अहिले रिहा भईसकेको अवस्था छ ।