उच्च अदालतले तीन वटा आधार मानेर नेपाली काँग्रेस नेता मोहम्मद आफताव आलम सहितका आरोपितलाई सफाई दिएको राय कितावमा उल्लेख

0 Shares
रौतहट, १५ जेठ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले विष्फोटक पदार्थ बम समेतको प्रयोग गरेर ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा नेपाली काँग्रेस नेता मोहम्मद आफताव आलमलाई प्रमाणित गर्न कुनै आधार नरहेको भन्दै सफाई दिएसंगै उनी नख्खु कारागारबाट छुटिसकेको अवस्था छन् ।
नेता आलम सहितका आरोपित व्यक्तिहरु विरुद्ध उक्त अभियोग सावित गर्दै रौतहट जिल्ला अदालतले जन्म कैदको फैसला सुनाएका थिए । जिल्ला अदालतको फैसलालाई उच्चले उल्टयाउदै उनीहरुलाई सफाई दिए लगतै आरोपितहरु छुटिसकेका हुन् ।
आलम सहितका आरोपितहरुलाई उच्च अदालतका न्यायाधिशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले सफाई दिने फैसला गरे ।
उच्च अदालतले तीन वटा आधार राखेर आलमलाई सफाई दियो
पहिलो आधारः २०६४ चैत २७ मा बम बिस्फोट भएको भनिएको वारदात वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको उल्लेख छ ।
दोश्रो आधारः बिस्फोटमा घाइते भएको भनिएका पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तरलाई ट्रेक्टरमा हालेर राजा इट्टा भट्टामा लगेर पोलेको भन्ने ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको भनिएको छ । पिन्टु र ओसीको मृत्यु समेत भएको थियो । 
तेस्रो आधारः विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट समेत मृतकलाई इट्टाभट्टामा लगि पोलेको भन्ने अभियोग दाबी पुष्टि हुन नसकेको उल्लेख छ ।
यी तीन वटा आधारलाई टेकेर न्यायाधिशद्वयले फैसला गरेको उच्च अदालत वीरगञ्जका रजिस्ट्रार दीपक भण्डारीले बताए ।
उक्त सफाइ दिएसँगै कारागार कार्यालय नख्खुमा रहेका मोहम्मद आफताब आलम गएराति नै छुटे । उनका भाइ मोहम्मद महताब आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीले पनि सफाइ पाएपछि गौर कारागारबाट उनी पनि रातिनै रिहा भए ।
जिल्ला अदालत रौतहटले उनीहरु चारै जनालाई २०८१ वैशाख १३ गते जन्मकैदको फैला गरेको थियो । सरकारी वकिलले प्रतिवादी बनाएका मुक्ति साहलाई भने सफाइ दिएको थियो । उक्त फैसलामा चित्त नबुझेपछि सरकारी वकिलले मुक्ति साहविरूद्ध पुनरावेदन गरेको थियो । यता प्रतिवादी आलमसहित चारै जनाले पनि उच्च अदालत जनकपुर वीरगञ्ज अदालतमा पुनरावेदन गरेपछि फैसला उल्टिएको हो ।
यसरी उल्टिएको फैसलाको पूर्णपाठ आउन अझै बाँकी छ । तर अदालतले राय किताबमा केही आधार दिएर सफाइ दिने निर्णय गरेको वीरगञ्ज इजलासका रजिस्ट्रार भण्डारीले बताए ।
‘श्रीनारायण सिंह राजपुतको जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी मोहम्मद अफताब आलम समेत भएको विष्फोटक पदार्थ समेतको प्रयोग, ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरका मुद्दामा रौतहट जिल्ला अदालतको २०८१ वैशाख १३ मा भएको फैसला उल्टी भई यस प्रतिवादी मोहम्मद अफताब आलाम, मोहम्मद महताब आलम, शेख शेराज भन्ने शेख सराज र बद्री सहनीलाई सुरू जिल्ला अदालतले गरेको फैसला उल्टी भई अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ,’ फैसलाको राय किताबमा लेखिएको छ ।
उच्च सरकारी वकिलको चित्त बुझेन
उच्च सरकारी वकिल कार्यालय वीरगन्जले भने यो फैसला चित्तबुझ्दो नभएको बताए ।
‘फैसला चित्तबुझ्दो आएको छैन । यसमा पक्का पनि पुनरावेदन हुन्छ । पूर्णपाठ पनि आउन बाँकी छ । वारदात नै स्थापित नहुने गरी फैसला भएको छ,’ कार्यालयका एक सरकारी वकिलले भने, ‘सरकारी वकिलले सर्वोच्चमा गर्ने नै हो । हामीले महान्यायाधिवक्ता कार्यालयमा पनि खबर गरिसकेका छौं । ७० दिनको म्याद हुन्छ त्यही समय अवधिभित्र पुनरावेदन गर्छौं ।’
राजपुर घटना के हो ?
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साबिक राजपुर गाविस वडा नम्वर ४ फरहदवामा बम बिस्फोट गराएको र त्यसक्रममा केहीलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको आरोप कांग्रेस सांसद आलम सहितका व्यक्तिमाथि आरोप लागेको थियो ।
आलमका काका शेख इद्रिसको गोठमा चैत २७ गते साँझ साढे ६ बजे बम विस्फोट भएको थियो । बिस्फोटमा परी गोठमा भएका केही व्यक्तिको मृत्यु र झन्डै दुई दर्जन घाइते भएको आशंका थियो । मृतक र घाइतेलाई नजिकैको इँटाभट्टाको म्यानमा हालेर जलाइएको आरोप आलममाथि लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।