why is my audio not working on zoom windows 10 zoom install msi parameters - zoom install msi parameters join zoom meeting with id & password manager zoom download for win 10 zoom free download filehippo - zoom free download filehippo download zoom for notebook zoom download webinar attendee emails

विराट कोहलीलाई ओडिआईको कप्तानबाट बर्खास्त गर्दै रोहितलाई कप्तान बनाए

   २३ मंसिर २०७८, बिहीबार १६:५४  

तराई टप
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले विराट कोहलीलाई कप्तानबाट बर्खास्त गर्दै हिटम्यान रोहित शर्मालाई नयाँ कप्तान बनाएको छ ।
कोहलीलाई बिसिसिआईले कप्तान पद स्वेच्छाले छाड्न ४८ घण्टाको अल्टिमेटम दिएका थिए तर उनले सो समय भित्र पद नछाडेपछि उनलाई बर्खास्त गर्दै शर्मालाई ओडिआईको कप्तान बनाएको हो ।
दक्षिण अफ्रिकाको भ्रमणको लागि टेष्ट टोली घोषणा गर्ने क्रममा ओडिआईमा कोहलीको स्थानमा बोर्डले शर्मालाई कप्तानमा नियुक्त गरेको बताइएको छ । रोहितले डिसेम्बर २०१७ देखि अहिलेसम्म १० ओडिआईमा भारतीय टोलीको कप्तानी गरिसकेका छन् । जस मध्ये आठ खेलमा भारतले जित हात पारेको छ भने दुई खेलमा पराजय भोगेको छ ।
बोर्डले २०२३ मा भारतमा हुने ओडिआई विश्वकपलाई लक्ष्य राखेर रोहितलाई कप्तानमा नियुक्त गरेको भारतीय संचारमाध्यमहरुले जनाएको छ । कोहली २०२३ को विश्वकप सम्म भारतीय टोलीको कप्तान रहन चाहान्थे, तर छनोटकर्ताले उनलाई त्यो मौका दिएनन ।
कोहलीले ५ वर्ष भारतीय टोलीको कप्तानी सम्हालेका कारण उनलाई सम्मानजनक विदाई दिने तयारी बीसीसीआई दिने तयारी गरेको थियो । तर कोहलीले अल्टिमेटम भित्र राजिनामा नदिएपछि उनलाई बर्खास्त गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै