नयाँ दिल्ली, १८ जेठ । भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल अनिल चौहानले चार दिन सम्म चलेको भारत पाकिस्तान सैन्य संघर्षको क्रममा भारतीय लडाकु विमान खसालिदिएको प्रश्नलाई खुलेर जवाफ दिएका छन् ।
सिंगापुरमा शनिवार ब्लुमवर्ग टिभीले सोधेको प्रश्नको जवाफमा सीडीएस चौहानले “मलाई लाग्छ कि जरुरी कुरा यो होइन जेट खसालिए, बरु किन खसालिए त्यो जरुरी हो ।” सीडीएस चौहान संग भएको संवादको ब्लुमवर्गले करिव एक मिनेट पाँच सेकेण्डको सानो अंश सार्वजनिक गर्दै समाजिक संजालमा पोष्ट गरेका हुन् ।
उक्त सार्वजनिक गरिएको कुराकानीमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै सीडीएस जनरल चौहानले पाकिस्तान संग चार दिन सम्म चलेको सैन्य संघर्षमा भारतको कुनैपनि विमान खसेको थियो कि थिएन ? प्रश्नको जवाफमा उनले भने यो जरुरी छैन कि जेट खसालियो, जरुरी कुरा त किन खसालियो भन्ने हो । उनले भने ।
त्यसपछि पत्रकारले पुनः सोधिन, ‘कम्तीमा एउटा जेट खसालिएको थियो, के त्यो सही हो ?’
चौहानले जवाफ दिए, राम्रो कुरा त के हो भने हामीले आफ्ना रणनीतिक कमजोरीहरू पत्ता लगायौं, त्यसलाई सच्यायौं र दुई दिनपछि कार्यान्वयन गर्यौ । त्यसपछि हामीले सबै जेट उडायौं र लामो दूरीमा रहेका लक्ष्यहरूमा प्रहार गर्यौ ।
पत्रकारले फेरि भनिन, ‘पाकिस्तानले दाबी गरेको छ कि उसले भारतका ६ वटा लडाकु विमान खसाल्न सफल भयो, के त्यो सही हो ?’
यसको जवाफमा जनरल चौहानले भने ‘त्यो बिल्कुल गलत हो । तर, मैले भनें, त्यो बिल्कुलै महत्वपूर्ण होइन । महत्वपूर्ण कुरा त के हो भने जेट किन खसे र त्यसपछि हामीले के गर्यौ । त्यो कुरा हाम्रा लागि धेरै जरुरी छ ।’
कति वटा विमान खसे भन्नेबारे कुनै स्पष्ट जवाफ दिएनन । भारतका ६ वटा विमान खसालेको पाकिस्तानको दाबीलाई भने उनले अस्वीकार गरे ।
पहलगाममा आतंकवादी आक्रमणपछि भारतले सुरु गरेको ‘अपरेसन सिन्दूर’ अभियान अन्तर्गत ७ मे को दिन पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतीय फाइटर जेट खसालेको जानकारी संसदलाई गराएका थिए । उनले भनेका थिए, ‘हामीले भारतको हमलाको जवाफमा ५ भारतीय लडाकु विमान खसाल्यौं । त्यसमा ३ वटा राफेल थिए ।’ पछि पाकिस्तानी अधिकारीहरुले भारतका ६ लडाकु विमान खसालेको दाबी गरेका थिए ।
भारतले फ्रान्सबाट प्राप्त विश्वकै अत्याधुनिक मानिने राफेल लडाकु विमान पाकिस्तानले खसालेको खबरले सनसनी मच्चिएको थियो ।
त्यतिबेला भारतीय सेनाका अधिकारीहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि यसबारे प्रश्न सोधिएको थियो । सो प्रश्नमा एयर मार्शल एके भारतीले भनेका थिए, ‘हामी युद्धको अवस्थामा छौं र क्षति हुनु त्यसको एउटा हिस्सा हो ।’
अहिले सांग्रिला संवादमा भाग लिन सिंगापुरमा रहेका बेला सीडीएस जनरल चौहानलाई पनि ब्लूमबर्ग टेलिभिजनले सोही जिज्ञासा सहित कुराकानी गरेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन