प्रदेशिक अस्पताल गौरको चमेना गृहमा कुरुवालाई पस्कियो बासी एवं दुषित खाना

0 Shares
रौतहट, १९ जेठ । रौतहट सदरमुकाम गौर स्थित रहेका प्रादेशिक अस्पतालको हाता भित्र संचालित चमेना गृह (क्यान्टिन) मा विरामीको कुरुवाालाई बासी खाना खुवाएको रहस्य बाहिरिएका छन् ।
प्रादेशिक अस्पताल गौरमा यमुनामाई गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष सीताराम यादवले काका रामस्वरुप यादवको पिसाव थैलीमा समस्या आएपछि आईतवार राति भर्ना गराएर आफू कुरुवाको रुपमा बसेका थिए ।
पस्किएको बासी खाना
  आज सोमवार विहान उक्त चमेना गृहमा खानाको अर्डर गरेर खाना खान बसेका थिए । सुरुमा खाना राम्रो दिएपनि थप खानामा बासी भात सहितको तरकारीहरु दिएको वडाध्यक्ष यादवले गम्भीर आरोप लगाए । बासी खाना मुखमा राख्ने वित्तिकै गन्हाएपछि चमेना गृहमा रहेका कामदारलाई भन्दा यहाँ यस्तै खाना हो, तर कुरा अघि बढ्न थालेपछि गल्ति स्वीकार गरे ।
तर वडाध्यक्ष यादवका अनुसार आफू जस्ता व्यक्तिलाई बासी खाना खुवाउने त्यसमा पनि प्रादेशिक अस्पताल परिसरमा अन्य विरामी वा कुरुवालाई कस्तो खाना खुवाउदै गरेको होला कल्पना गर्न सकिदैनन । यस्ता खाना खुवाने चमेना गृह संचालकलाई कानुन बमोजिम कारवाही हुनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय गौरमा खवर गरेको बताए । प्रहरी संगै संचारकर्मीहरुलाई स्वयंम वडाध्यक्ष यादवले खवर गरेर यहाँका नागरिकहरुलाई सचेत गराउन समेत उलने आग्रह गरे ।
प्रहरी टोली उक्त चमेना गृहमा आएर आवश्यक मुचुल्का उठाएर काउण्टरमा बसेका कर्मचारीलाई नियन्त्रणमा लिई क्यान्टिनमा ताला लगायो ।
प्रतिबन्धित सेतो अण्डा चमेना गृहको किचेनमा
बासी खाना खुवाने चमेना गृह संचालन गर्न २०८१ साल असोज महिनामा सुनरजित गिरीले ठेक्का सकार गरेको बुझिएका छन् । नेपाल सरकारले प्रतिबन्ध लगाएको सेतो अंण्डा उक्त चमेना गृहमा भेटिएको तथा खानाहरु राख्ने अलिकति पनि सरसफाई नरहेको चेमनागृहलाई अस्पताल प्रशासनले निगरानी किन गरेन यतिखेर प्रश्न चिन्ह् खडा भएका हुन् ।
प्रादेशिक अस्पताल गौरको मेसु के भन्छन् ?
यस विषयमा प्रादेशिक अस्पताल गौरका मेडिकल सुप्रिडेन्ट डा. मुरारी ठाकुरले चमेना गृहको बारेमा केही कुराहरु बाहिर आउन थालेपछि हिजो नै हामीहरु संचालकलाई बोलाएर सबै कुरा ठिक पार्न निर्देशन दिएपनि विरामीको कुरुवालाई बासी एवं दुषित खाना दिएकोमा आफू पनि गम्भीर भएको बताए । सम्झौता बमोजिम पालना नगरेको हुँदा उक्त फर्म र त्यसका संचालक विरुद्ध कानुन बमोजिम आवश्यक कारवाही गरिने उनले चेतावनी दिए ।
अस्पताल परिसरमा गुणस्तरिय, पोषणयुक्त तथा नेपाल सरकारको मापदण्ड अनुसारको खाना नास्ता खुवाउनका निमित्त उक्त क्वालिटीको चमेना गृह संचालन गराइएको भएपनि संचालकको नियत राम्रो नभएको हुँदा तिनी विरुद्ध अस्पताल प्रशासनले कारवाही प्रक्रिया अघि बढाउने स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।