प्रतिकारात्मक तस्वीर
सर्लाही, २० जेठ । सर्लाहीको इश्वरपुर नगरपालिकाको फुलजोर चोकमा टिपरले मोटरसाइकललाई मंगलवार दिउसो ठक्कर दिदा चालक गम्भीर घाइते भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने इश्वरपुर नपा–५ फुलजोर चोकमा लालबन्दीबाट पूर्व तर्फ जाँदै गरेका ना. १ क . ८५२० नम्वरको टिपरले पुर्वपश्चिम राजमार्गमा निकस्दै गरेका बीआर ०१ एफजे ६९६१ नम्वरको मोटरसाइकललाई आज दिउसो १.१५ बजेको समयमा ठक्कर दिदा युवकको टाउको सहित शरीरमा चोट लागेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
गम्भीर घाइते भएका युवकले लगाएको लुगाबाट फेला परेको परिचय पत्रमा सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत रहेको प्रहरी जवान मिनबहादुर दानी रहेपनि उनको ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी एवं प्रवक्ता सरोज राईले जानकारी दिए ।
गम्भीर घाइते प्रहरी जवान दानीको लालबन्दी स्थित मोडल अस्पतालमा उपचार भईरहेको तथा टिपर चालक लालबन्दी नगरपालिका–१७ रानीगंजका ३६ बर्षीय नारायणदत्त श्रेष्ठ सहित दुर्घटनामा भएका टिपर मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको जानकारी दिदै डिएसपी राईले घटनाको अनुसन्धान भईरहेको बताए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट