download zoom icon zoom meeting login join zoom com app salesforce zoom app zoom us download for pc zoom download registration list webinar zoom meeting download windows 10 zoom launch meeting download

कोभिड संक्रमणको संख्या रौतहटमा बढ्दो, एसपी सहित गापा अध्यक्ष कोरोना संक्रमित

   १८ कार्तिक २०७७, मंगलवार १६:१९  

रौतहट, १८ कार्तिक । विजया दश्मीको पर्व सकिना साथ रौतहट जिल्लामा तिब्ररुपमा कोरोना भाईरस संक्रमितको संख्या बढ्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्वी बिक्रम शाह, दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुणकुमार साह कोरोना भाईरस संक्रमित भएको हो । उनीहरुलाई रुघाखोकी संगै ज्वरो आउन थालेपछि पिसिआर टेस्ट गराउंदा रिपोर्ट पोजेटिभ आएका छन् ।
एसपी शाह सेल्फ आईसोलेसनमा बसिरहेको जिल्ला प्रहरी रौतहटका प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले बताए । यस्तै चाँडबाँडमा ब्यस्त रहेका दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुणकुमार साहलाई रुघाखोकी संगै ज्वरो आएपछि गौर अस्पतालमा स्वाव परिक्षण गराउदा रिपोर्ट कोभिड पोजेटिभ आएको उनले बताए । पछिल्लो एक सातामा १ सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा १ सय जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको गौर अस्पतालले जनाएको छ ।
बन्दाबन्दी खुलेपछि रौतहटमा सार्वजनिक यातायात र विद्यालय पनि खुलेका छन् । बजार, कार्यालय, व्यापार पहिलेकै अवस्थामा झैं सञ्चालनमा आएको छ, तर स्वास्थ्य मन्त्रालयद्धारा जारी गरिएको कुनैपनि सुरक्षाको मापदण्ड अपनाइएको संख्या यहाँ शून्य छ । जिल्लामा मास्क, भौतिक दुरी तथा स्वास्थ्य सचेतनामा ध्यान दिन सकेको छैनन् ।
बजारहरुमा बढी भिडभाड हुनु, व्यक्तिगत दुरी कायम नहुनुले कोरोनाको जोखिम झनै बढेको चिकित्सकहरु बताँछन । चाडबाडका बेलाको समयमा स्थानीयसँगै जिल्लाका सुरक्षा अधिकारीहरु, जनप्रतिनिधि, कार्यालयका कर्मचारीहरु संक्रमित हुने क्रम बढेको छ ।
कोरोना भाईरसको कारण रौतहटमा हालसम्म १३ जनाको ज्यान गैसकेको छ । कोरोना महामारी नियन्त्रण गर्न जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठक बुधवार बस्ने त्यसपछि नयाँ रणनिति तयार गरेर पहल गरिन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै