कल्याण गुरुङले सभापति पदमा उम्मेदवारी दर्ता गराए

काठमाडौ, २५ मंसिर । नेपाली काँग्रेसको युवा पुस्ताबाट कल्याण गुरुङले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली काँग्रेसको काठमाडौंमा जारी रहेको १४ औँ महाधिवेशनमा गुरुङले १० बजेर ४५ मिनेटमा जाँदा उम्मेदवारी दर्ता गराएका हुन् । यसरी केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गर्ने उनी पहिलो हो ।
‘परिवर्तन न्याय र समानताका लागि मैले उम्मेदवारी दर्ता गरेका हुँ उनले भने । युवा पुस्ताको प्रतिनिधित्वका रुपमा मेरो उम्मेदवारी हो ।’ हालसम्म कसैको टीम नबनेको कारण आफूले पनि एक्लै उम्मेदवारी दर्ता गरेको उनको भनाइ छ ।