रौतहट, २४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का प्रदेश कमिट सदस्य एवं दुर्गा भगवती गाउँपालिका निवासी विरेन्द्र साहको गएराति हृदयघातबाट निधन भएको छ ।
दुर्गा भगवती गाउपालिका–५ बडहर्वा निवासी साह विगत लामो समय देखि नेकपा एस पार्टीमा रहेर समाज सेवा गर्दै आएका थिए । तर गएराति अचानक हृदयघात भई निजी निवासमै उनी सधैको लागि यो संसारबाट विदा भए ।
उनको निधनबाट नेकपा एसले एक होनहार नेता गुमाएको छ भने दुर्गा भगवती गाउँपालिकाले एक सदस्य गुमाए । उनको पार्थिव शरीरमाथि नेकपा एसका झण्डा ओढाएर सम्मान गरियो । उनलाई नेकपा एसका नेता रेबन्त झा, गौर नगरप्रमुख शम्भु साह, राजदेवीका नगरप्रमुख भिखारी यादव सहितका नेताहरुले भावपूर्ण अन्तिम विदाई गरे ।
साहको निधनबाट उनको परिवारमा पर्न गएको अपूर्णीय क्षतिबाट पर्न गएकोल पीडालाई इश्वरले धर्यधारण गर्ने क्षमता प्रदान गरुन तथा उनको आत्मा बैकुण्ठ बास होस भने तराई टप अनलाइनले कामना गर्दछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन