भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा भरतपुरको नारायण नदी किनारमा योग कार्यक्रमको आयोजना

0 Shares
रौतहट, २ असार । ११ औं अन्तरराष्ट्रिय योग दिवस मनाउने क्रममा सोमवार नारायणी नदी किनारमा आयोजित योग कार्यक्रमको आयोजना गरियो ।
भारतीय महावाणिज्य दूतावास वीरगञ्जको आयोजनामा ११ औं अन्तरराष्ट्रिय योग दिवसलाई भव्यताका साथ मनाउने उद्देश्यबाट चितवन जिल्लाको भरतपुर स्थित नारायणी नदी किनारमा आज योग कार्यक्रमको आयोजना गरिएको हो ।
योग कार्यक्रमको उदघाटन मन्तव्य राख्द्र भारतीय महावाणिज्यदूत देवी सहाय मिणाले मानिसलाई स्वथ्य रहन, दिर्घायु रहन, विभिन्न रोगहरुबाट मुक्त रहनका निमित्त हरेक मानिसहरु योग गर्नु नितान्त आवश्यक रहेको बताए । मानव जातिको समग्र कल्याणको लागि योग एउटा महत्वपूर्ण पक्ष रहेको बताउदै योगबाट मासिनलाई हुने फाइदाहरु सम्बन्धमा उनले प्रकाश पारे ।
महावाणिज्यदूत मिणा भन्छन्ः सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा नेपाल सहित १७७ सदस्य राष्ट्रहरु योगलाई लिएर प्रायोजन गरेको प्रस्तावलाई पारित गरेपछि २१ जुनलाई अन्तरराष्ट्रिय योग दिवस विश्वभरी मनाउने गरेको छ ।
यस बर्ष मनाइरहेको ११ अन्तरराष्ट्रिय योग दिवसको स्लोगन “एक पृथ्वी, एक स्वास्थ्य” भएको हुँदा योग दिवसलाई भव्यताका साथ मनाउन र महत्व बुझ्न आग्रह गर्दै महावाणिज्यदूत मिणाले स्वस्थ जीवनका लागि योगलाई नियमित बानी बसाल्न समेत आग्रह गरे ।
भरतपुर महानगरपालिकाको उपमेयर चित्रसेन अधिकारीले योगको माध्यमबाट स्वस्थय रहन तथा नेपाल–भारत बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने विश्वास व्यक्त गर्दै अन्तरराष्ट्रिय योग दिवसले मानव स्वास्थ्यमा खेल्दै आएको भुमिकालाई सकारात्मक ढंगबाट प्रवद्र्धनका लागि निकै नै महत्वपूर्ण अंगको रुपमा योग रहेको बताए ।
उनले वाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रमको माध्यमबाट नेपाल–भारत मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने मात्र नभई हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा समेत सुधार ल्याउने विश्वास व्यक्त गरे । भरतपुर महानगरपालिकाले योगलाई थप लोकप्रिय बनाउन हरसम्भव प्रयास गरिरहेको स्पष्ट पारे ।
सो कार्यक्रममा प्रहरी उपरीक्षक गोविन्द पुरी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सरकारी निकायका प्रमुखहरु, विभिन्न योग संस्थाका पदाधिकारी तथा सदस्यहरु, नागरिक समाजका सदस्यहरु सहित नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृतहरु तथा कर्मचारीहरुको उपस्थितिमा योग कार्यक्रम भरतपुरको नारायणी किनारमा सम्पन्न भएको वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएका छन् ।
चितवन चेम्बर अफ कमर्श, नेपाल इन्डिया फ्रेन्डसिप एसोसिएसन (निफा) चितवन, पतञ्जली योग समिति, चितवन र आर्ट अफ लिभिङको सहकार्यमा भएको योग कार्यक्रममा ५५० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको जनाइएको छ ।
यो कार्यक्रममा सहभागी भएकाहरू प्रति भारतीय महावाणिज्य दूतावास वीरगञ्जले कृतज्ञता व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग र समर्थन जनाउने सम्पूर्ण निकायहरुलाई धन्यवाद दिए ।
भरतपुर महानगरपालिका स्थित नारायणी नदी किनारमा सोमवार भारतीय महावाणिज्य दूतावार वीरगञ्जको आयोजनामा ११ औं अन्तरराष्ट्रिय योग दिवसको अवसरमा आयोजित योग कार्यक्रममा सहभागी भएकाहरु मध्येका केही रोचक तस्वीरहरु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।