रौतहट, २ असार । ११ औं अन्तरराष्ट्रिय योग दिवसको सुखद अवसरमा रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा आउदो बुधवार विहान योग शिविर संचालन हुन गईरहेका छन् ।
वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासको आयोजना तथा दुर्गा भगवती गाउँपालिका र गढीमाई नगरपालिकाको सहकार्यमा गंगापिपरा स्थित सरस्वती उच्च मावी पिपरा भलोहियामा यही १८ जुन अर्थात असार ४ गते बुधवार विहान ५.१५ बजेको समयमा योग शिविर कार्यक्रम संचालन हुन गईरहेका हुन् ।
११ औं अन्तरराष्ट्रिय योग दिवसको अवसरमा साता व्यापी कार्यक्रम अन्तर्गत योग कार्यक्रम मनाउने क्रममा भारतीय महावाणिज्य दूतावासले आउदो बुधवार दुर्गा भगवतीमा योग कार्यक्रमको माध्यमबाट हरेक मानिसलाई स्वथ्य रहन अनिवार्य रुपमा योग गर्नुपर्ने सन्देश प्रवाह गर्ने उद्देश्यबाट कार्यक्रमको आयोजना गर्न लागिएको जनाइएको छ ।
महावाणिज्य दूतावास वीरगञ्जद्वारा जारी विज्ञप्तीमा, संयुक्त राष्ट्र संघको ६९ औं महासभामा प्रस्ताव प्रस्तुत गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदले “योगले मन र शरीरको एकता, विचार, कर्म, संयम, पूर्णता, मानिस र प्रकृत बीचको सामन्जयस, स्वास्थ्य र कल्याणको लागि एक समग्र दृष्टिकोर्णलाई मुर्त रुप दिन्छ भनेका थिए । यो केवल शारीरिक व्यायाम मात्र होइन तर आफू, संसार र प्रकृतिसंग एकताको भावना पत्ता लगाउने तरिका पनि हो” उनले भनेको थियो ।
सोही मुलमन्त्रलाई अनुसरण गर्दै भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा ११ औं अन्तरराष्ट्रिय योग दिवसको अवसरमा वागमती प्रदेशको चितवनको भरतपुर महागरपालिकामा आज सम्पन्न भएको छ भने भोली मकवानपुरको हेटौडा स्थित रायल पार्टी प्यालेसमा हुने जनाइएको छ ।
यसैगरी असार ४ गते दुर्गा भगवती गाउँपालिकाको सरस्वती उच्च मावी पिपरा भलोहियामा, असार ५ गते तिरहुतिया गाछी जनकपुरधाममा, असार ६ गते विवाह मंडप परिसर गढीमाई मन्दिर वरियारपुर वारा र असार ७ गते शंकराचार्यद्वार, वीरगञ्जमा हुने कार्यक्रम निर्धारण गरिएको दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख रहेको छ ।