मध्यपुर्व, एजेन्सी । इजरायल र इरान बीच चर्को द्वन्द सुरु भएको छ ।
इजरायलले इरानी युद्धका सेना कमान्डर अली सादमानी मारेको दाबी गरेको हो । अली सादमानीलाई केही दिनअघि हमलामा मारिएको सेना प्रमुखको ठाउँमा नियुक्त गरिएको सीएनएनले जनाएको छ ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै सटिक गुप्तचर जानकारी र गए राति अचानक गरिएको आक्रमणले इजरायली वायुसेना (आईएएफ) ले तेहरानको केन्द्रमा रहेको एक कमान्ड सेन्टरमा हमला गरेर उनलाई मारेको दाबी गरेको छ ।
इजरायलले गर्दै आएको दाबीमा इरानले अहिले सम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
इजरायलले पहिलो हमलामा सादमानीका पूर्ववर्ती लेफ्टिनेन्ट जनरल गोलाम अली रसिद सहित इरानका धेरै शीर्ष कमान्डर मारेको थियो । रसिद मारिएपछि शुक्रबारदेखि सादमानीले उनको भूमिका सम्हालेका थिए ।
रसिद र सादमानीले खातम अल–अन्बिया केन्द्रीय कमान्डको नेतृत्व गरेका थिए । जसले नियमित सेना र इरानी क्रान्तिकारी गार्डबीच समन्वय गर्छ ।
आईडीएफको बयानमा भनिएको छ, “आफ्ना विभिन्न भूमिकामा (सादमानी) ले इजरायललाई निसाना बनाउने इरानी योजनाहरूमा प्रत्यक्ष प्रभाव पारेका थिए ।”
श्रोतः सीएनएन
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन