नेकपा एस र एमाले परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश, नवप्रवेशीलाई प्रदेश सभापति कृष्णप्रसाद यादवद्वारा स्वागत

0 Shares
रौतहट, ३ असार । रौतहटको माधवनारायण नगरपालिकामा विभिन्न पार्टी परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
माधवनारायण नगरपालिका–५ मिठुअवाको कटहरिया टोलमा मंगलवार आयोजित पार्टी प्रवेश कार्यक्रम एवं नेता कार्यकर्ता भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गर्ने नवप्रवेशीहरुलाई नेपाली काँग्रेसका मधेश प्रदेश सभापति एवं पूर्व मन्त्री कृष्णप्रसाद यादवले स्वागत गरेका हुन् ।
नेपाली कांग्रेस माधवनारायण नगरपालिका–५ को वडा कार्य समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा कटहरिया टोलका राजिनन्द सहनी, जय प्रकाश सहनी, गोपाल सहनी, रामएकवाल सहनी लगायतका करिव दुई सय नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरे ।
उनीहरू नेकपा एकीकृत समाजवादी र नेकपा एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेको बताइएको छ ।नवप्रवेशीहरुलाई नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता, मधेश प्रदेश सभापति, पूर्व मन्त्री एवं रौतहट क्षेत्र नं १ (ख) का  प्रदेश सभा सदस्य  यादवले उनीहरुलाई टिका, माला लगाएर पार्टी प्रवेश गराए ।
प्रदेश सभापति यादवले पार्टी प्रवेश गरेका नव प्रवेशीहरुलाई पार्टीको संगठनलाई सुदृढ पार्न तथा वडा समितिलाई बलियो बनाई माधवनारायणको हरेक वडामा नेपाली काँग्रेसको नेतृत्वमा अगामी नेतृत्व चयन गर्नका निमित्त जनभावना अनुसार काम गर्न सुझाव दिदै अगामी कार्यकालको शुभकामना दिए ।
कांग्रेस निकै पुरानो इतिहास बोकेको ठूलो दल रहेकोले चाहेर पनि कसैले परास्त गर्न नसक्ने बताए । अरु दलको कुनै भविष्य नरहेको बताउँदै उनले कांग्रेस पार्टी मात्र देशको स्थायित्व दिन सक्ने भएको हुँदा सबैलाई कांग्रेसमा लाग्नुपर्ने धारणा राखे ।
कांग्रेसका मधेश प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताको विशेष पहलमा उनीहरू विभिन्न दल छाडेर कांग्रेसमा प्रवेश गरेको बुझिएको छ । राजनीतिमा ठूलो पकड़ भएका र राजनीतिमा ठूलो प्रभाव राख्ने दिगज नेताहरु कांग्रेसमा प्रवेश गरेकाले आगामी दिनमा मिठुअवा र माधवनारायण नगरपालिकामा नेपाली कांग्रेस पार्टी अझै मजबूत भएको गुप्ताले बताए ।
एउटै टोलको सयौं नेता कार्यकर्ताहरुले सामूहिक रूपमै कांग्रेसमा आएकाले आउँदो २०८४ को निर्वाचनमा माधवनारायण नगरपालिकामा कांग्रेसले राम्रो मत ल्याउने र बहुमत प्राप्त गर्ने नेता गुप्ताले विश्वास व्यक्त गरे ।
कार्यक्रममा माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव, नेपाली कांग्रेसका रौतहट जिल्ला सचिव मिथलेश मिश्र लगायतका वक्ताहरुले देशमा एकमात्र पार्टी नेपाली कांग्रेसले मात्र विकास गर्न सक्ने भन्दै कांग्रेसमा लाग्न सबैलाई आग्रह गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।