फाइल फोटो
रौतहट, ३ असार । रौतहट जिल्लाको दक्षिण भारत संग जोडिएका ३२ किलोमिटरको सीमानाकाहरुबाट तस्करीको पैटर्न फरक पाइएका छन् ।
दैनिक दर्जनौं बाइकहरुबाट कपडा र स्पेयर पार्टसहरुको अवैध रुपमा भारतबाट नेपाल भित्रने कार्य जारी रहेका हुन् । जाबो ३२ किलोमिटर लामो सीमा क्षेत्रको चोरबाटोमा निगरानी राख्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु सेटिंगका आधारमा नेपाल प्रवेश गराइरहेको छ ।
त्यती मात्रै नभई ४२ किलोमिटर उत्तर पूर्व पश्चिम राजमार्ग सम्म निर्वाध रुपमा पुर्याइ लोडअनलोड समेत भईरहेको कार्य सबै सेटिंगमै भईरहेको व्यापारीक श्रोतबाट बुझिएको छ ।
सीमाक्षेत्रमा नगरानीको साटो सेटिंगमै उक्त सामानहरु भित्रिएपनि दाल मिल, बम नहर, शुकदेव चोक, जयनगर, शिवनगर, झाझपुल, गरुडा, विर्ता, हर्षाहा, डुमरिया, सन्तपुर र चन्द्रपुर सम्ममा सुरक्षा चेकजाँचमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी उक्त सामान समातेर वार्गेनिंग गरी छाड्ने गरेको एक व्यवसायीले तराई टपलाई बताए ।
एउटा व्यापारीले सीमा क्षेत्र देखि लिएर चन्द्रपुर सम्म दश स्थानमा पटके कर जस्तै तिदै जाँदा उक्त करको भार उपभोक्तामाथि पर्ने गरेको ति व्यवसायीले भने । रातिको १२ बजे देखि लिएर विहान ३ बजे सम्म सीमा क्षेत्रबाट भित्रयाएर विभिन्न स्थानमा कपडा र स्पेयर पार्टसहरु भित्रिदा नेपाल सरकारको उठ्नुपर्ने राजस्वमा निकै प्रभावित भईरहेको ति व्यवसायीले बताए ।
अहिले दर्जनौं मोटरसाइकल (बाईक) बाट गर्ने कारोवारीहरुले ट्रेनको बोगीमा अटाउने सामानहरु दिने सक्ने क्षमता रहेको समेत उनले भने । नियन्त्रणको नाममा नियमनकारी निकायहरु मातहतका युनिटहरुलाई निर्देशन कराउने कार्यहरु गरेपनि राजस्व छलीका कार्य निर्वाध रुपमा यो जिल्लामा जारी रहेको ति श्रोतले दाबी गरे ।
यहाँको तस्करीको पैटर्न हेर्दा अन्य जिल्लाको कारोवारीहरु यहाँ आएर तस्करीको तरिका सिक्नुपर्ने जस्ता कटाक्ष ति श्रोतले गरे ।
यस विषयमा सम्बध निकायका प्रमुखहरु आफू शुन्य सहनशिल्तामा काम गर्न निर्देशन विपरित कार्य गरेमा कारवाही हुने चेतावनी दिए ।