प्रधानमन्त्री टि–२० प्रदेश स्तरिय महिना सिनियर क्रिकेट रौतहटको दुई खेलाडी छनौट

466 Shares

तराई टप
रौतहट, २६ मंसिर । प्रधानमन्त्री टि–२० प्रदेश स्तरिय महिना सिनियर क्रिकेट प्रतियोगिताको लागि रौतहटको दुई जना महिला खेलाडीलाई छनौट गरिएको छ ।
प्रदेश २ क्रिकेट संघले खेलाडीहरुको सुची आईतवार जारी गर्दा त्यसमा २ जना रौतहट जिल्लाको खेलाडी छनौटमा पर्न सफल भएको हो । प्रदेश २ क्रिकेट संघले जारी गरेको सुचीमा गौर २ कि मधु राउत र गौर ३ कि मोनिका साह छनौटमा परेको जिल्ला क्रिकेट संघले जनाएको छ ।
प्रदेशको महिला क्रिकेट टिम यस प्रकारको छ, सरस्वती चौधरी, अलिशा यादव, श्रृजना चौधरी, अनुराधा चौधरी, प्रियंका गुप्ता, मोनिका साह, मधु राउत, सन्तोषि चौधरी, मेलिना रायमाझी, आरती चौधरी, गोमा आले, विमला मगर, प्रतिमा साह, रोजि कडारी, मिना महतो, साना प्रविण, पुष्पा फुयाल, सिवानी साह र शोभा आले रहेकी छिन् ।
जिल्ला बाहिरको प्रतियोगितामा पहिलो पटक सहभागी भएका खेलाडीहरु प्रदेश २ को टिमका लागि छनौट भएकोमा जिल्ला क्रिकेट संघले खुशी व्यक्त गरेको छ । क्रिकेट संघ रौतहटका अध्यक्ष पवन साहले दुवै खेलाडीले रौतहटको नाम राखेकोमा बधाइ दिए ।
सप्तरीको राजविराजमा भएको छनौट प्रतियोगिताबाट प्रदेश २ का लागि छानिएका खेलाडीहरुको “क्लोज क्याम्प” यहि मंसिर २८ गते देखि सुरु हुने क्रिकेट संघ प्रदेश २ ले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार