पर्सा, ५ असार । भारत तर्फ एक १३ बर्षीया किशोरीलाई लिएर जाँदै गरेको अवस्थामा एसएसबीले रक्सौल सीमा क्षेत्रबाट उद्धार गरेको छ ।
वीरगञ्ज–रक्सौललाई जोड्ने सीमावर्ती क्षेत्रबाट १३ बर्षीया किशोरीलाई विभिन्न प्रलोभन देखाएर भारत तर्फ लैजादै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी), जुभेनाइल एण्ड सेन्टर र डंकन अस्पताल न्याय नेटवर्क परियोजनाको संयुक्त प्रयासबाट नेपाली किशोरीलाई उद्धार गर्न सफल भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको हो ।
भारत विहार पूर्वी चम्पारण जिल्लाका शेख रिजवानले काठमाडौंबाट १३ बर्षीय किशोरीलाई दिल्लीमा राम्रो जागिर लगाइदिन्छु तथा विहे गर्ने प्रलोभन देखाएर रक्सौल तर्फ लैजादै गरेको अवस्थामा रक्सौल कस्टम अफिस नजिकै शंका लाग्दा उक्त संयुक्त टोलीले चेकजाँच गर्दा सबै कुरा बाहिर आएपछि रिजवानलाई नियन्त्रणमा लिइएको तथा किशोरीलाई सकुशल उद्धार गरिएको बताइएको छ ।
किशोरीलाई उद्धार गरेर गरिएको प्रारम्भीक अनुसन्धानमा किशोरीले स्टार मेकर एप मार्फत रिजवान संग चिनजान भई मित्रता भए संगै प्रेम सम्बन्धमा बसेको बुझियो । रिजवान दुई पटक काठमाडौंमा दुई भेटिसकेको छ ।
मानव तस्करी रोधी इकाईले तत्काल कारबाही गर्दै किशोरीलाई सुरक्षित राखेर रिजवानलाई आवश्यक कारवाहीका लागि रक्सौलको हरैया थानामा बुझाए । रिजवानविरुद्ध मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको छ ।
किशोर किशोरी एवं युवायुवतीहरुले चलाउने समाजिक संजालको अहिले चरम दुरुपयोग भईरहेको हुँदा मावन तस्करी सहितका विभिन्न अपराधहरु बढ्दै गएको समाजिक अभियन्ताहरुले चिन्ता व्यक्त गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन