नेपाल भारत विचको सम्बन्धमा दरार उत्पन्न गराउने कुप्रयास

प्रभातकुमार झा
हिमाल, पहाड, तराईको उदगम स्थल तथा प्राकृतिक सौन्दर्यताले भरिएको सार्वभौम राष्ट्र जुन दुई शक्तिशाली देशको विचमा अवस्थित मुलुकको रुपमा नेपाल रहेको छ । यहाँ बसोबास गर्ने बहुँ भाषिक एवं बहुँजातिक समिश्रणले भरिएको जातजातिहरुको बाहुल्यता भएको पृथक पहिचानको देश नेपाल हो ।
नेपालको उत्तरमा चीन र तिन दिशाबाट भारत रहेको छ । उत्तरी छिमेकी भन्दा दक्षिणी छिमेकी संग मित्रता एवं साँस्कृतिक सम्बन्ध परापुर्वकाल देखि गाँसिएको छ । नेपालको दक्षिणी छिमेकी मित्र राष्ट्र भारत संग आजको सम्बन्ध नभई परापुर्वकाल देखि ऐतिहासिक, साँस्कृतिक, वैवाहिक, धार्मिक, परसपर मित्रताको पर्यायको रुपमा महत्पूर्ण रुपमा रहदै आएको छ ।
यहाँको कला संस्कृतिक, रितिरिवाज, धर्म, समाज, बोलचाल, भाषा भाषीहरु हेर्दा यो दुई देश एकै समाजको व्यक्ति भएको विविधताले भरिपुर्ण समानता रहेको पाइन्छ । विश्वमा कही नभएको परिदृष्य नेपाल भारतको सिमामा हेर्न पाइन्छ, दुबै देशका नागरिकहरु सहज रुपमा ओहरदोहर गर्न पाइने, कुनै कागजी दस्तावेजको आवश्यक्ता नपर्ने जस्ता विविधताले भरिएको मित्रताको सम्बन्ध दुबै देश विच सदियौं देखि कायम भई एक अर्काविच सहकार्यको भावना विकसित हुँदै आइरहेको छ ।
विश्व जगत पनि नेपाल र भारत विचको अटुट सम्बन्धलाई चित्रण गर्न सक्ने अवस्थामा नरहेको तथा सिमा क्षेत्रबाट सहज वातावरणमा ओहरदोहर गरिरहेको प्रति आश्चर्य व्यक्त गर्छन । कुनै देशमा नभएको उदाहरणीय एवं अनुकरणीय कार्य नेपाल भारत विच रहेको यी कार्य सबै आदी काल देखि चलिदै आएको मित्रताको सम्बन्धको कारण मात्रै सम्भव भएको उनीहरु संकेत मात्रै गरेको देखिन्छ ।
नेपालमा १०३ बर्षको जहानिया राणा शासन कालको समय होस वा राजा महेन्द्रको निरंकुश पंचायती व्यवस्था किन नहोस, सबै समयको संघर्ष एवं आन्दोलनमा भारत सरकार, भारतीय जनताले नेपाल र नेपाली जनताको सुखदुखमा काँध थापी त्यस्ता व्यवस्थालाई समाप्त पार्नमा उल्लेख्य भुमिका निर्वाह गरेको इतिहास साक्षी रहेको छ ।
२०४६ सालको जनआन्दोलनबाट बहुदलीय ब्यवस्था प्राप्ती भएपछि नेपालमा रहेका केही राजनीतिक दल र संघ संगठनले भारतसंगको बर्षौ बर्ष देखि कायम रहेको सम्बन्धमा दरार उत्पन्न गराउने कुप्रयास गरिरहेको छ । सस्तो लोकप्रियता र महत्वाकांक्षले केही राजनीतिक दलहरुको युवा, विद्यार्थी सहितका केही भातृ संगठनलाई परिचालन गर्ने मानसिकताबाट ग्रसित नेताहरुले आफ्नो अनुकुलको गतिविधि गर्न लगाएर नेपाल र भारत बिचको सम्बन्धलाई बिगार्न नकारात्मक प्रचारबाजिहरु गर्दै भ्रम छर्दै आइरहेका छ्न ।
बिना प्रमाण र बिना आधार आरोप प्रत्यारोप गरेर स्थानिय स्तरमा लोकप्रियता कमाउन तल्लिन यस्ता नेता एवं कार्यकर्ताले नेपाल र भारत बिचको सम्बन्धको सम्बनध कुने राजनितिक पार्टीले स्थापित गरेको सम्बन्ध होइन, कुनै राजनितिक पार्टीको नेताहरुले दुई देश विचको सम्बन्धलाई विगार्न साथै सास्कृतिक मुल्य र मान्यतालाई समेत धरापमा पार्न खोजिरहेका छ्न । विशेष गरेर यस किसिमका गतिविधिमा नेपालमा २०४६ पछि स्थापित भएका कम्युनिस्ट पार्टीहरु अग्र पंक्तिमा रहेको पाइन्छ ।
यतिमात्रै भई ठोस आधार र प्रमाणबिना सिमा क्षेत्रको अनुगमनको बाहानामा गरिने सभा र सम्मेलनले सम्बन्ध सुधार्ने भन्दा पनि बिगारिरहेको छ । जब नेपालमा चुनाब नजिकिदै जान्छ, कम्युनिस्ट पार्टी विशेष गरेर नेकपा (एमाले) ले भारतसंगको सिमाको विषयमा अतिरन्जित र काल्पिनिक विषय बस्तुहरु उठाएर सस्तो लोकप्रियताको लागि चारो फाल्ने गरेको छ । यसैको उदाहरण स्वरुप नेकपा (एमाले) सन्दकपुर गाउँ पार्टी कार्यलयले इलामको सन्दकपुर गाउपालिका–५ जौबारीमा रहेको ६३ (१५) नम्बर को पिल्लरमा गत मंसिर २१ गते एक बैठक सम्पन्न गर्यो ।
नेकपा(एमाले) सन्दकपुर गाउँपालिका अध्यक्ष गिरिराज खनालको अगुवाइमा भएको बैठकले नेपाल र भारतबिच रहदै आएको स्थिरता र नयाँ आयामको सम्बन्धलाई अवरोध पार्ने किसिमको आरोपहरु सहित बैठक सम्पन्न ग¥यो । सो बैठकमा एमालेका केन्द्रिय सदस्य राम राना, एमाले इलाम जिल्ला अध्यक्ष महेस बस्नेतको पनि उपस्थिति थियो । नेपालको दश्गज्जामा निर्माण भएका संरचनाको विषयमा हुँदै नभएका कुराहरुलाइ उचालेर जनतामा भ्रम फैलाउने जस्ता कार्यहरु गर्ने कुरामा एमाले इलाम जिल्ला कमिटी र एमाले सन्दकपुर गाउँपालिकाले भ्रामित र कपोकल्पित कुराहरुको प्रचार गरिरहेको छ ।
भारतीय सिमा सुरक्षा बल एसएसबिले निर्माण कार्यमा आवरोध गरेको भनी नभएको विषयमा आरोप लगाउदै सिमा क्षेत्रमा बस्ने नेपाली जनतामा भारत बिरोधि भवाना बढाउने खेलमा एमाले इलाम जिल्ला कमिटी अध्यक्ष महेश बस्नेत र सन्दकपुर गाउँपालिका अध्यक्ष गिरिराज खनाल लागि परेका छ्न । भारतले पटक पटक नेपाली भुमी अतिक्रमण गरेको भनी भ्रामित कुराहरुलाई चुनाबको मुखमा आएर प्रचारबाजी गराएर जनतालाई उचाल्ने कार्य गरेको छ । इलामको पशुपतिनगर २ मा रहेको टासी छोइलिङ गुम्बालाई मर्मत सम्भार गर्दा पनि एमालेले बिरोध गरेको छ ।
बजेटको अभावमा काम रोकिएको सन्दकपुरमा निर्माण भइरहेको भ्युटावरलाइ पनि भारतिय पक्षले आवरोध गरेको भन्दै आरोप लगाइ रहेको छ । सन्दकपुर –५ कैयाकटामा निर्माण भएको यादिकी शेर्पाको घर होस या निजि क्षेत्रले बनएका घर, शौचालय, बिद्यालय जस्ता कुराहरुमा पनि एसएसबिले आवरोध गरेको भन्दै एमाले सन्दकपुर गाउँपालिका अध्यक्ष गिरिराज खनालले जनतालाई उचाल्ने गरेको र सस्तो लोकप्रियताको लागि भ्रामित कुराहरु गर्ने गरेका छन् । एमाले इलाम अध्यक्ष महेश बस्नेतले कालापानी, लिम्पियाधुरा र लिपुलेक को सन्दर्भ नै नभएको कुरा निकालेर सिमामा बस्ने लाखौं नेपाली जनतामा भ्रम पार्ने काम गरिरहेका छ्न ।
सिमा सम्बन्धि विषय दुबै सरकार र नापी बिभागले निर्कयौल गरि छुट्टाउने बिषय हो । साथै सम्बन्धित जिल्ला प्रसासन कार्यलय माफर्त यस्तो विषयमा ध्यानाकर्षण गराउनु पर्नेछ । यस्तो संबेदनशील विषयमा उत्तेजक कुरा गरेर सिमा क्षेत्रमा बैठक सभा गर्नु भनेको एमालेको चुनावी नारा मात्र हुन भन्न सकिन्छ ।
यस्ता विषयहरुमा दुई देशबिच सरकारी स्तरबाट वार्ता र संवादको माध्यमबाट समस्या हल गर्न सकिन्छ तर एमालेको अतिरन्जित गतिविधिबाट दुबै देशबिचको सम्बन्धमा समस्या उत्पन्न हुन सक्छ यता तिर एमाले कार्यकर्ताले बुझ्नु जरुरी छ । इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी ध्रुब खड्काले नेपाल भारत क्षेत्रमा भएको भनिएको अतिक्रमणको विषयमा आज सम्म माथिल्लो सरकरी निकायबाट कुनै पनि जानकारी नआएको र इलाम जिल्लामा सिमा जोडिएका दस गजा क्षेत्रमा कुनै ठूलो सिमा समस्या रहेको जस्तो नलागेको प्रतिक्रिया दिएका छन ।
कुने राजनितिक दलको कारण नेपाल भारत विचको सम्बन्ध स्थापित भएको छैन । यो सम्बन्ध लोकतन्त्रको पनि छैन । नेपाल भारत विचको सम्बन्ध त्रेता युगमा मर्यादा पुरुषोत्तम भागवान राम, माता जानकी, सहित भगवान बुद्ध, देखि लिएर धार्मिक साँस्कृतिक, वैवाहिक, सम्बन्धलाई केही राजनितिक दलको निहित स्वार्थको सिद्धि हुनेवाला छैन । यो सम्बन्ध ऋषिमुनी, देवी देउता र सनातन धर्म सहित विभिन्न परिवृष्ट काल खण्डले जोडिएको सम्बन्ध हो, यस माथि कसैबाट आँच आउनु दिनु हुँदैन, नेपाल भारतको जनता विचको सम्बन्धलाई अझ प्रगाढ गरी आधुनिक युग अनुसार अघि बढ्नु पर्ने आजको आवश्यक्ता रहेको छ ।