गढीमाई नगरपालिकाले ल्याए ५४ करोड ९१ लाखको बजेट

0 Shares
रौतहट, ७ असार । रौतहटको गढीमाई नगरपालिकाको १२ औं नगर सभा–२०८२ भव्यताका साथ शनिवार सम्पन्न गरेको छ ।
गढीमाई नगरपालिकाको समनपुर स्थित कार्यपालिका भवनमा आज विहान प्रमुख अतिथिको रुपमा उपस्थित रहेका जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादवले ब्यानर पढेर उदघाटन गरे ।
आर्थीक बर्ष २०८२ र २०८३ को विनियोजन गरिएको बजेट प्रस्तुत गर्दै नगरप्रमुख श्यामप्रसाद यादवले ५४ करोड ९१ लाख ७२ हजार १०८ रुपैया बराबरको बजेट घोषणा गरे । नगरप्रमुख यादवले घोषणा गरिएको उक्त बजेटमा समानीकरण अनुदान (संघिय सरकार) तर्फ ११ करोड २१ लाख, सशर्त अनुदान (संघिय सरकार) तर्फ २५ करोड ५७ लाख, राजस्व बाँडफाँड (संघिय सरकार) तर्फ १० करोड ८७ लाख ६५ हजार १०८ विनियोजन गरिएको बताए ।
यसैगरी प्रदेश सरकारबाट विनियोजन गरिनेमा समानीकरण अनुदान ७७ लाख ४९ हजार, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, राजस्व बाँडफाँड तर्फ ६३ लाख ५८ हजार, सशर्त अनुदान तर्फ ९५ लाख, सडक बोर्ड नेपाल ४० लाख, राजस्व बाँडफाँड स्थानीय सरकार मालपोत तर्फ २ करोड तथा आन्तरिक श्रोत तर्फ २ करोड गरेर कुल ५४ करोड ९१ लाख ७२ हजार १०८ रुपैयाको बजेट गढीमाई नगरपालिकाको लागि आउदो आर्थिक बर्षको लागि नगरप्रमुख यादवले ल्याएको सार्वजनिक गरे ।
कुल बजेट मध्ये ३५ करोड ७६ लाख २३ हजार १०८ रुपैया चालु तर्फ र १९ करोड १५ लाख ४९ हजार पुंजिगत तर्फ बजेट प्रस्तुत गर्दै आर्थिक बर्ष २०८२ र २०८३ को नीति तथा कार्यक्रम बाचन गर्दै गढीमाई नगरपालिकाको नागरिकलाई शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, धार्मिक लगायतका क्षेत्रमा उल्लेखनिय कार्यहरु भएको स्मरण गराउदै आउदो दिनहरुमा यस पालिकालाई अन्य पालिका भन्दा अघि बढाउने नगरप्रमुख यादवले प्रतिबद्धता व्यक्त गरे ।
उक्त कार्यक्रममा उपनगरप्रमुख अस्मिता यादवले स्वागत मन्तव्य राख्दै आजको कार्यक्रममा उपस्थिति सम्पूर्ण अतिथिहरुलाई स्वागत गरेका थिए भने । नगरप्रमुख यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट माथि वडाध्यक्षहरुले आ आफना मन्तव्यहरु राखेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।