download blur effect for zoom download the latest zoom getting the zoom app zoom logo png download free zoom app download for pc zoom cloud meetings download for windows

अस्तित्वको खोजिमा मधेशको संस्कृति र सम्पदा

   २७ मंसिर २०७८, सोमबार ०९:३६  

धर्मेन्द्र कुमार साह
“मधेश शब्दलाई केवल राजनीतिक रुपमा प्रयोग गर्नेहरुले बुझ्नु पर्ने मुख्य कुरा के हो भन्ने मधेश नेपालको केवल एक भू खण्डको नाम होइन ,यो एक पृथक सभ्यता पनि हो ।”
नेपालको सब भन्दा पुरानो राजनीतिक पार्टि नेपालि कांग्रेसको १४ औ महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै कांग्रेस नेता विजय गच्छेदारले एउटा रोचक प्रशंग कोट्याए । उनले १३ औ अधिवेशनको क्रममा आफुले “जय मधेश“ ले सम्बोधन गरौ कि जय नेपाल भनेर सोधेको स्मरण गर्दै चालु अधिवेशनमा जय नेपालको नारा लगाए । ब अर्थात १३ औ महाधिवेशन देखि १४ औ महाधिवेशन सम्म आई पुग्दा उनको मन भित्र जय मधेश र जय नेपालको नारा बिचको दुबिधा हट्दै जय नेपालको नाराले निर्विकल्प स्थान पायो । यसले पंतिकारको मनमा मधेश शब्दको औचित्य सकिने लागेको त् होइन भन्ने बहस चलन थालेको छ ।

“मधेश” शब्दले राजनीतिक र संबैधानिक हैसियत पाउनुको साथै सिंगो समुदायलाई भावनात्मक सुत्रमा बाध्ने काम गरेको छ । एउटै एजेण्डामा एक दशक भित्र मधेश थरुहटले तिन तिन चोटि देशलाई हल्लाउने गरि सडक संघर्षहरु गरे । सयो ज्यानको आहुति पनि दिए । खण्डित र अविश्वसनीय नेतृत्व तथा कमजोर संगठनका बाबजुद पनि मधेशका सडकहरु दशकौ आन्दोलित रहन सक्नुमा मधेश शब्दकै कारण सम्भव भएको हो । अर्थात मधेश साङ्गठनिक भन्दा भावनात्मक रुपमा आन्दोलित भएको कुरा सबैलाई बुझ्नु पर्ने हुन्छ । लामो संघर्ष, त्याग तथा बलिदानीले मधेश शब्द संबैधानिक अस्तित्व प्राप्त गर्न सफल भएपनि अहिले मधेश स्वयम् आफ्नै अस्तित्वको खोजीमा छ । मधेशकै भूमिमा राजनीति गर्ने, भावनात्मक रुपमा मधेशको कुरा गर्ने तर तिनै राजनैतिक दलहरुले पार्टिको नाम देखि दस्तावेज हरुबाट समेत मधेश शब्द हटाउदै जाने अवस्था किन आयो भन्ने गम्भीर बहस आवस्यक छ । अहिलेको चित्र हेर्दा मधेश शब्दले कयौ नवसामन्तहरुको जन्म दिएको छ । तर मधेश, त्यस भित्रका विभेद, असमानता, अभाव , अशिक्षा तथा पछयौटापन जहाको त्यहि छ । प्रदेश नम्बर २ मुख्य मधेशीहरुको सब भन्दा घना आवादी भएको क्षेत्र हो जहा कथित मधेशवादी पार्टिहरुले संघियता पछिको पहिलो प्रादेशिक सरकारको नेतृत्व गर्दै छ । यो मूल रुपमा पहिचानमा आधारित प्रदेश हो । तर आफ्नै भूमिमा पनि मधेसहका मौलिकताहरु चित्कार गर्दैछ । पहिचानको आधारमा गठन भएका सरकारले केहि पर्वमा बिदा दिनु बाहेकको दिर्घकाल सम्म पहिचान झल्किने गरि गरेको काम के हो भन्ने प्रश्न सोध्ने बेला भएको छ । पहिचान भनेको आफ्नो पुर्खाले आर्जेको भाषा,भेषभुषा ,संस्कृति चाड पर्व ,रहन सहन नै हो नि । अनि पहिचानको रट लगाउने तर ब्यबहारमा भन्ने सत्ताकै स्थायी भाषा बोल्ने ? मधेश शब्दको उदघोषले सत्ताको शिखरमा पुग्ने अनि त्यहाबाट रगतले लाहु लुहान भएको आफ्नै संस्कृति तुच्छ लाग्ने हाम्रो नेतृत्वसंग अहिलेनै प्रश्न गरेनौ भन्ने कालान्तरमा मधेश शब्द केवल र केवल इतिहासमा सिमित हुनेछ ।


नेपालमा तत्कालिन बिद्रोही नेकपा माओवादीले गरेको उसैको भाषामा जनयुद्धको उत्तरार्द्ध बिति रहदा यो पंतिकारको राजनीतिक चेतना सुरु हुदै थियो । जनयुद्धकै जगमा सुरु भएको जन आन्दोलन २ सुरु हुदा सम्म केहि अवसरमा बाहेक मधेश शब्द बिरलै सुन्न पाइन्थ्यो । तत्कालिन नेपाल सदभावना पार्टिले मधेश शब्दको प्रयोग गरिने गरेता पनि मधेश शब्दले ब्यपाकता भन्ने पाउन सकेको थिएन । जन आन्दोलनको सफलता पछि देशमा घोषणा गरिएको अन्तरिम संबिधान प्रति असन्तुष्टि जनाउदै सुरु भएको मधेश जन बिद्रोह पछि पूर्वको झापा देखि पश्चिमको कंचनपुर सम्मका सहर देखि देहात सम्म र नेता देखि आम व्यक्ति सम्म मधेश शब्दले चर्चा पायो । प्रथम मधेश जन बिद्रोह देखि लिएर आज सम्मको करिब डेढ दशक लामो काल खण्डमा नेपालि राजनीतिको केन्द्रमा रहेको सबै भन्दा चर्चित शब्दनै “मधेश “ हो । २०६३ साल पछि नेपालको पुरानो कांग्रेस देखि कम्युनिष्ट पार्टीहरु र तत् पश्चात जन्मेका मधेश केन्द्रित दलहरुले सब भन्दा बढी प्रयोग गरेको शब्द पनि “मधेश“ नै हो । मधेशी जनाधिकार फोरम बाट सुरु भएका दलहरु खुल्ने र टुटफुट हुने शृंखला हेर्दा प्राय सबै दलहरुले पार्टिको नाममा मधेश तराई शब्द राख्यो । संबिधान जारि नभए सम्म अधिकांशको लागि मधेश थरुहट शब्द निकै प्रिय लाग्यो । प्रथम मधेश जन बिद्रोहमा सडकमा ओर्लेको अपार जन सहभागिताले हौसिएका ति पात्रहरुको लागि “मधेश“ शब्द निकै लाभकारी देखियो । २०६३ को मधेश जनबिद्रोहमा नै मूलभुत रुपमा मधेशी जनता राजनीतिक रुपमा आन्दोलित भएको थियो । “मधेश” शब्दले राजनीतिक र संबैधानिक हैसियत पाउनुको साथै सिंगो समुदायलाई भावनात्मक सुत्रमा बाध्ने काम गरेको छ । एउटै एजेण्डामा एक दशक भित्र मधेश थरुहटले तिन तिन चोटि देशलाई हल्लाउने गरि सडक संघर्षहरु गरे । सयो ज्यानको आहुति पनि दिए । खण्डित र अविश्वसनीय नेतृत्व तथा कमजोर संगठनका बाबजुद पनि मधेशका सडकहरु दशकौ आन्दोलित रहन सक्नुमा मधेश शब्दकै कारण सम्भव भएको हो । अर्थात मधेश साङ्गठनिक भन्दा भावनात्मक रुपमा आन्दोलित भएको कुरा सबैलाई बुझ्नु पर्ने हुन्छ । लामो संघर्ष, त्याग तथा बलिदानीले मधेश शब्द संबैधानिक अस्तित्व प्राप्त गर्न सफल भएपनि अहिले मधेश स्वयम् आफ्नै अस्तित्वको खोजीमा छ । मधेशकै भूमिमा राजनीति गर्ने, भावनात्मक रुपमा मधेशको कुरा गर्ने तर तिनै राजनैतिक दलहरुले पार्टिको नाम देखि दस्तावेज हरुबाट समेत मधेश शब्द हटाउदै जाने अवस्था किन आयो भन्ने गम्भीर बहस आवस्यक छ । अहिलेको चित्र हेर्दा मधेश शब्दले कयौ नवसामन्तहरुको जन्म दिएको छ । तर मधेश, त्यस भित्रका विभेद, असमानता, अभाव , अशिक्षा तथा पछयौटापन जहाको त्यहि छ । प्रदेश नम्बर २ मुख्य मधेशीहरुको सब भन्दा घना आवादी भएको क्षेत्र हो जहा कथित मधेशवादी पार्टिहरुले संघियता पछिको पहिलो प्रादेशिक सरकारको नेतृत्व गर्दै छ । यो मूल रुपमा पहिचानमा आधारित प्रदेश हो । तर आफ्नै भूमिमा पनि मधेसहका मौलिकताहरु चित्कार गर्दैछ । पहिचानको आधारमा गठन भएका सरकारले केहि पर्वमा बिदा दिनु बाहेकको दिर्घकाल सम्म पहिचान झल्किने गरि गरेको काम के हो भन्ने प्रश्न सोध्ने बेला भएको छ । पहिचान भनेको आफ्नो पुर्खाले आर्जेको भाषा,भेषभुषा ,संस्कृति चाड पर्व ,रहन सहन नै हो नि । अनि पहिचानको रट लगाउने तर ब्यबहारमा भन्ने सत्ताकै स्थायी भाषा बोल्ने ? मधेश शब्दको उदघोषले सत्ताको शिखरमा पुग्ने अनि त्यहाबाट रगतले लाहु लुहान भएको आफ्नै संस्कृति तुच्छ लाग्ने हाम्रो नेतृत्वसंग अहिलेनै प्रश्न गरेनौ भन्ने कालान्तरमा मधेश शब्द केवल र केवल इतिहासमा सिमित हुनेछ ।
मधेश केवल राजनीतिक सौदाको शब्द बन्नु हुदैन । यो आलोचनात्मक त् होला तर मधेश शब्दलाई नितान्त व्यक्तिगत फाइदाका लागि प्रयोग गर्ने हाम्रो आफ्नै नेतृत्व संग कडा सवालहरु गर्न आवस्यक देखिएको छ । लुंगी र धोतीको अस्तित्वको लागि त्यहि पोशाक लगाई राजनीति सुरु गरेका तिमीहरुले महल कसरि ठड्यायौ ,राजमार्गका नया वस्तीहरु धरान, बर्दिवास,चन्द्रनिगाहपुर, निजगढ, पथलैया, बुटवल, कोहलपुर जस्ताहरु बिकासको बाटोमा फडको मार्दै गर्दा तराई मधेशका पुराना सहरहरु राजविराज, गौर, कलैया, नेपालगंज ,राजापुर लगायतका बजारहरु रुग्न किन भयो ? सत्ताको भीमकाय कुर्सीमा बसिरहदा मधेशका पिडा देख्न नसकेका तिम्रा आखाले कुर्सि छोड्दै अधिकारको सपना किन देखाएको ? हाम्रै त्याग र बलिदानी ले तिमि नव सामन्त र राजा बन्ने तर मेरो हैसियत रैतीमा राख्ने सोच किन आयो ?धनीहरु धनि बन्दै जाने र गरिब झन् झन् गरिब बन्दै जाने ब्यबस्था आउनै लाग्दा सम्म किन चुप लागेर बसेको भन्ने प्रश्न सोध्नु आवस्यक छ ।
कुनै बेला मधेश शब्दको लोकप्रियताबाट राजनीतिक बजार संचालन गर्नेहरुलाई बुझ्नु पर्ने कुरा के पनि हो भन्ने मधेश नेपालको केवल एक भूखण्डको नाउ होइन, यो एउटा पृथक संस्कृति र सभ्यता पनि हो । बर्षौ देखिको इतिहास बोकेको मधेशसंग उसको आफनै पृथक मौलिकता छ । उसकै आफ्नै लपÞm्ज र समृद्धशालि इतिहास छ । कुनै बेला एकात्मक राज्य ब्यबस्थामा दबिएका उसको मौलिकता आज आफनै भित्र अस्तित्वको खोजि गर्दै छ । हामीले मागेको मुख्य चीज हाम्रो माटो र देशको इतिहास हो । त्यो माटोमा जन्मेको सभ्यता, संस्कृति र स्थानीयले सिर्जना गरेको भाषा, उनीहरूको अस्तित्वलाई संवैधानिक हैसियत अर्थात् पहिचान दिनुपर्छ । यो सबैको साझा दायित्व पनि हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै