बलरा नगरपालिकाले ल्यायो ७६ करोड ८९ लाखको बजेट, शिक्षा स्वास्थ्य र सिंचाईलाई प्राथमिकता

0 Shares
राधेश्याम कुशवाहा
बलरा (सर्लाही), ८ असार । बलरा नगरपालिकाले आर्थिक वर्ष २०८२र २०८३ का लागि नीति, कार्यक्रम तथा आय–व्यय विवरण सार्वजनिक गरेको छ ।
नगर प्रमुख रामाशंकर कुशवाहाले नगरसभाको १५ औं अधिवेशन मार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ७६ करोड ८९ लाख ८५ हजार रुपैयाँको बजेट सार्वजनिक गरे ।
नगरसभाको प्रमुख अतिथिको रुपमा संविधानसभा सदस्य शिवपुजन रायको उपस्थितिमा नगरसभा सम्पन्न भएका थिए ।
संविधान सभा सदस्य रायले बलरा नगरपालिकाबाट ल्याइएको नीति तथा कार्यक्रम र बजेटलाई प्राथमिकता क्षेत्र पहिचान गरेर योजना तर्जुमा गरेर समृद्ध नगर बनाउने प्रयास सकारात्क रहेको बताए ।
नगर प्रमुख कुशवाहाले यस वर्षको नारा “शिक्षित नागरिक, स्वस्थ परिवार, सबल सुरक्षित पूर्वाधार, कृषि, उद्योग, ऊर्जा, सिचाइ, रोजगार र सुरक्षा – अबकी बार” तय गरिएको जानकारी गराए । नगरवासीका आवश्यकता, वडाबाट प्राप्त योजना र दीर्घकालीन विकास दृष्टिकोणका आधारमा नीति तथा कार्यक्रम तर्जुमा गरिएको उनले स्पष्ट पारे ।
संघीय सरकारबाटः
समानीकरण अनुदान १२ करोड ४२ लाख, सशर्त अनुदान. २९ करोड १२ लाख, राजस्व बाँडफाँड. १० करोड ८८ लाख, विशेष अनुदान. ५ करोड ३६ लाख, सम्पूरक अनुदान. ९७ लाख, सामाजिक सुरक्षा भत्ता. १८ करोड गरेर संघीय सरकारबाट आउने ७२ करोड २७ लाख २३ हजार ७८८ रहेको नगरप्रमुख कुशवाहाले जानकारी गराए ।
प्रदेश सरकारबाटः
समानीकरण, सशर्त, विशेष र सम्पूरक अनुदान र राजस्व बाँडफाँड गरी कुल ३ करोड २२ लाख ६१ हजार ८८० रहेको जानकारी दिदै आन्तरिक श्रोत तर्फ मालपोत तथा अन्य कर लगायत १ करोड ४० लाख रहेको बताए ।
शिक्षा, स्वास्थ्य र कृषि सिचाइमा जोड
यस वर्ष बलरा नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषि तथा सिचाइ क्षेत्रलाई प्राथमिकता दिएको छ। विद्यालयहरूमा रिक्त शिक्षक दरबन्दी पूर्ति, आधारभूत स्वास्थ्य सेवा प्रवाह सुदृढीकरण, कृषकहरूलाई सिचाइ, अनुदान र प्रविधिको पहुँचका लागि कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख कुशवाहाले जानकारी दिए ।
साथै, वडा कार्यालयहरूबाट सेवा प्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाउने काम गरिएको छ । नगर कार्यपालिकाको कार्यालय भवनमा माथिल्लो तल्ला थप्ने र छत ढलान गरी पूर्वाधार मजबुत बनाइएको छ ।
युवालाई सीपयुक्त बनाउँदै ५०० भन्दा बढी युवायुवतीलाई सीपमूलक तालिम प्रदान गरिएको छ । पर्यटन, विपद व्यवस्थापन, सुशासन, न्यायिक समिति सुदृढीकरण लगायत विषयगत कार्यक्रमलाई बजेटमा समेटिएको छ ।
योजना बैंकमा समेटिएका प्रस्तावहरू
प्रमुख कुशवाहाका अनुसार, समेटिन नसकेका विकास योजना तथा मागहरूलाई योजना बैंकको रूपमा राखिएको छ र ती योजनाहरू कार्यान्वयनका लागि प्रदेश तथा संघ सरकारसँग समन्वय गरेर बजेट माग गरिनेछ ।
नगर प्रमुख कुशवाहाले नीति तथा कार्यक्रम निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यान्वयनमा पनि सम्पूर्णको निरन्तर सहकार्यको अपेक्षा राखे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।