भिट्ठामोड तर्फ जादै गरेका यात्रुबाहक बस चन्द्रपुर नगरपालिका क्षेत्रमा दुर्घटना, १० जना घाइते

0 Shares
फायल तस्वीर
रौतहट, ९ असार । काठमाडौंबाट महोत्तरीको भिट्ठामोड तर्फ जाँदै गरेका बस रौतहटको चन्द्रपुर नगरपालिकामा सोमवार विहान दुर्घटना हुँदा १० जना यात्रुहरु घाइते भएका छन् ।
जिल्ला ट्राफिक कार्यालय रौतहट चन्द्रपुरका अनुसार, चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व पश्चिम राजमार्गमा आज विहान ४.३० बजेको समयमा काठमाडौंबाट महोत्तरीको भिट्ठामोड तर्फ जाँदै गरेका बा.प्र.०१–००६ ख. ५२१६ नम्वरका यात्रुबाहक बस आफै अनियन्त्रित भई सडक भन्दा दक्षिण साईडमा ७ फिट भित्र दुर्घटना भएका हुन् ।
घटनाको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय चन्द्रनिगहपुर र ट्राफिक कार्यालयबाट खटिएका संयुक्त टोली तत्कालै घटनास्थलमा पुगेर घाइतेहरुको उद्धार गरेर उपचारको लागि चन्द्रपुर स्थित अस्पतालमा पठाइएको छ ।
घाइतेहरुको नामावली र उनीहरुको अवस्था
भारत विहार सीतामढीका ४४ बर्षीया रेखा देवी, सीतामढी जिल्लाकै २२ बर्षीया जहदेवी झा, ११ बर्षीय विसुकुमार पटेल, दरभंगा जिल्लाका २६ बर्षीय महम्मद अमजल, मोहम्मद ओकिल, ३८ बर्षीया नरगिस खातुन, निजको २ बर्षीय छोरा आयस प्रतिक, धनुषा सिरेश्वरनाथ १ का २३ बर्षीया अनुष्का निगम, जनकपुरका ३५ बर्षीया संतोषी ठाकुर र जलेश्वर नपा ४ का ४३ बर्षीया पुनम ठाकुर घाइते भएको जिल्ला ट्राफिक कार्यालयद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
बसमा सबार २५ जना मध्ये १० जना घाइते भएको छ । घाइतेहरुको चन्द्रपुर स्थिति विभिन्न अस्पतालमा उपचार भईरहेको छ तथा उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उता दुर्घटना भएपछि बसका चालक फरार रहेको हुँदा खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।