परोहा (रौतहट), १० असार । “आर्थीक विकास र उन्न्तीका आधारः पूर्वाधार, कृषि, उद्यम र रोजगार” भन्न मुलमन्त्रका साथ रौतहटको परोहा नगरपालिकाद्वारा ९ औं नगर सभा भव्यताका साथ मंगलवार सम्पन्न गरेका छन् ।
परोहा नगरपालिकाको लौकाहा स्थित निर्माणाधिन कार्यपालिकाको प्रशासकीय भवनमा आज आयोजित ९ औं नगरसभामा नगरप्रमुख एवं सभाध्यक्षका भूमिकामा रहनु भएका शेख वकिले अगामी आर्थीक बर्ष २०८२ र २०८३ को नीति तथा कार्यक्रमको साथ आर्थीक आय व्यय सार्वजनिक गरेका हुन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख शेख वकिलले प्रदेशमै परोहा नगरपालिका पूर्ण रुपमा व्यवस्थित रहेको छ । सवै राजनीतिक दलको साथ सहयोगका कारण शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, महिला बालबालिका तथा जेष्ठ नागरिक, समाजिक विकास तर्फ लगायत सबै क्षेत्रमा उल्लेखनिय प्रगति गर्दै परोहा नगरपालिकाका राज्यमै एउटा उदाहरणको रुपमा उभिदै गएको हुँदा यो सबै स्थानीय नागरिकको कारण सम्भव भएको बताए ।
नगरप्रमुख वकिलले अगामी आर्थीक बर्ष २०८२ र २०८३ मा संघिय, प्रदेश र आन्तरिक आय गरेर ५३ करोड ६७ लाख ८२ हजार ६४ रुपैयाको बजेट प्रस्तुत गरे । त्यतीकै व्ययको पनि विवरण सार्वजनिक गरे ।
प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली काँग्रेस रौतहटका सचिव रामचन्द्र गिरीले परोहा नगरपालिकामा कसै संग विभेद नगरिएको प्राथमिकताको आधारमा विकास निर्माणका कार्यहरु अगाडी बढाइएको चर्चा गर्दै जिगडवा बेलविछवा गाउँमा रहेका सामाजिक विभेदका कारण सधैभरी झै झगडा अशान्त वातावरणलाई चिर्दै आज उक्त गाउँ पूर्ण रुपमा शान्त भई विकासको कार्यहरु द्रुत गतिमा अगाडी बढेकोमा खुशी व्यक्त गरे ।
परोहा नगरपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई लगायतका आवश्यक सम्पूर्ण पूर्वाधारहरुको विकास गरिएको हुँदा यहाँका स्थानीय सरकारबाट प्रवाह भईरहेको सेवाबाट यहाँका नागरिकहरु पूर्ण सन्तुष्ट रहेको दाबी गरे ।
उपप्रमुख सुगान्धी गिरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत महम्मद महफुज, इन्जिनियर दिपेन्द्र यादव, वडाध्यक्ष र वडा सचिवले ९ औं नगर सभाको पूर्ण सफलताको कामना गर्दै परोहा नगरपालिका स्थापना काल देखि नै गरेका रचनात्मक विकास निर्माण देखि लिएर हरेक क्षेत्रमा देखाएको अग्रिणी भुमिकाका कारण आज चौतफी सराहना भईरहेको बताए । आउदो दिनहरुमा पनि अझ बढि सुधार एवं नगरवासीलाई आवश्यक पर्ने खालका योजनाहरु संचालन गराएर आत्मनिर्भर बनाउने तर्फ जोड दिइने स्पष्ट पारे ।