“शुन्य कर, गुणस्तरिय शिक्षा, फ्रि पानी फ्रि विजुली” को नीति लिएका मौलापुर नगरपालिकाले ल्यायो ३९ करोड ५० लाखको बजेट

0 Shares
रौतहट, १० असार । नगरपालिकाका स्थापना भएदेखि नै “शुन्य कर, गुणस्तरिय शिक्षा, फ्रि पानी फ्रि विजुली” लगायतका जनसरोकारका सवालमा आफना नागरिकलाई सेवा सुविधा प्रदान गर्दै आइरहेका मौलापुर नगरपालिकाले साढे ३९ करोडको आर्थीक बजेट ल्याएका छन् ।
मौलापुर नगरपालिकाको ९ औं बजेट सभाको एक समारोहका बीच उदघाटन गर्दै आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले देशका लोकतान्त्रिक शक्तिहरु बाटो विराएको हुनाले त्यसलाई सच्याएर अघि बढ्नुपर्ने आजको आवश्यक्ता रहेको औल्याउनु भयो ।
मौलापुरबाट मुलुकको विकास र समृद्धिका लागि दलहरु लोकतान्त्रिक मार्गमा हिड्नुपर्ने बताए । ‘मुलुकले लोकतान्त्रिक बाटो बिराएको छ । त्यसलाई सच्याउन अपरिहार्य रहेको छ । कांग्रेस र एमालेको गठबन्धन अलोकतान्त्रि, अप्राकृतिक र अनैतिक रहेकोमा जनताहरुमा निरासा छाएको छ । त्यसका कारण कांग्रेस लोकतान्त्रिक बाटोमा हिड्नुपर्छ,’ आजपा अध्यक्ष साहले भने ।
मौलापुर नगरपालिकाको नगर सभा एवं ९ औ बजेट अधिवेशनमा नगरप्रमुख रिनाकुमारी साह अगामी आर्थीक बर्ष २०८२ र ०८३ को नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरिन । उनले मौलापुर नगरपालिकाको २०८२ र ०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
मौलापुर नगरपालिकाले हरेक बर्षझै यस बर्ष पनि शिक्षा क्षेत्रमा अत्याधिक बजेट बिनियोजन गरेको छ । शिक्षा क्षेत्रमा मौलापुरले कुल बजेटको ४० प्रतिशत भन्दा बढी रकम छुट्याएको छ । मौलापुरमा नगर प्रहरीको साटो नगर शिक्षक र चिकित्सक रहेको बताइएको छ ।
शिक्षा क्षेत्रमा मोडेल बन्दै गईरहेको मौलापुर नगरपालिका देशमै उत्कृष्ट काम गरेवापत पोखरामा एक महिना अघि आयोजित एक कार्यक्रममा सम्मानित समेत भएको सभामा मेयर साहले जानकारी गराइन् । गुणस्तरीय शिक्षा, साक्षरता अभियान, उच्च शिक्षा र प्राविधिक शिक्षाको क्षेत्रमा मौलापुरले अत्याधिक बजेट खर्च गर्दै आएको बताए ।
यस्तै मौलापुर नगरपालिकाले शुन्य कर नीतिलाई निरन्तरता दिएको छ । विगत ८ बर्ष देखी मौलापुरका मेयर रहेकी साहले यस बर्ष पनि शुन्य कर नीतिलाई निरन्तरता दिइएको फ्रि बिजुली, फ्रि पानी, यही आर्थिक बर्षमा नगरलाई कच्ची सडक मुक्त नगरको रुपमा घोषणा गरिने लक्ष्य समेत लिइएको जनाइन् ।
‘हामी शासक होईन, सेवक हौँ, जनतासंग लिने होईन दिने हो । नगर प्रहरी होईन, नगर शिक्षक र नगर चिकित्सक राखेर हामी जनतालाई बढीभन्दा बढी सेवा दिन दिनरात जनताकै सेवामा खटने हो,’ मौलापुरका मेयर साहले भनिन ।
यसैगरी मौलापुरका मेयर साहले छोरीसंग मेयर कार्यक्रमलाई समेत निरन्तरता दिएकी छन् । यो कार्यक्रम पनि उनी मेयर भएदेखी लागु भएको छ । यो कार्यक्रम अन्तर्गत बिहेको समयमा हरेक छोरीलाई ३० हजार नगद सहयोग पालिकाले गर्दै आएको छ । यसैगरी मौलापुरले नमुना एकीकृत दलित बस्ती निर्माण, धुवा चुलो मुक्त अभियानलाई निरन्तरता दिएको छ ।
‘आगामी आ.व. २०८२÷०८३ मा नगरपालिकाबाट नगर गौरवको आयोजनाको रुपमा विगत देखी सञ्चालन हुँदै आएको पुरातात्विक महादेव मन्दिर, मौलापुर शहरीकरण, एकीकृत नमुना बस्ती विकास, मोडेल प्राविधिक शिक्षालयको थप व्यवस्थागर्ने आयोजनाहरु र यस नगरपालिकाले सञ्चालन गर्दै आएको कच्ची सडक मुक्त नगर, हर हातमे हुनर, साक्षरता अभियान, निशुल्क बिजुली पानी र बेटीके साथ मेयर लगायतका लोकप्रिय कार्यक्रमहरुलाई निरन्तरता दिदै नवीनतम प्रविधि र गुणस्तरयुक्त शिक्षाको लागि विद्यालयहरुमा स्मार्ट कक्षा सहितको भौतिक तथा मानवसंशाधान थप व्यवस्था गर्ने,’ मेयर साहले भनेकी छिन् ।
‘वर्तमान समयको माग अनुसार नगर कार्यपालिकाको कार्यालय तथा यस मातहतका शाखा, वडा कार्यालयबाट हुने सेवा प्रवाहलाई अझ छिटो छरितो र व्यवस्थित गर्ने, स्वास्थ्य संस्थाहरुलाई थप व्यवस्थित गर्ने, वेरोजगारहरुलाई स्वरोजगार बनाउने र कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाउने र नयाँ एकीकृत दलित बस्ती निर्माण गरी झोपडी मुक्त नगर निर्माणको अभियानमा थप कार्यक्रम सञ्चालन गर्नुका साथै सुशासनलाई विशेष प्राथमिकता दिने नीति अवलम्बन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।