पाकिस्तानमा अल्पसंख्यक मुस्लिम समुदाय यातना र बन्धकको शिकार

   २७ मंसिर २०७८, सोमबार १२:४०  

तराई टप
रौतहट, २७ मंसिर । पाकिस्तानको पञ्जाव प्रान्तमा बसोबास गर्ने अल्पसंख्यक हिन्दु समुदायलाई खानेपानीको समस्या भएको छ । उनीहरु नजिकैको मस्जिदबाट पानी ल्याउने क्रममा कयौं पटक यातना एवं दमनको शिकार बन्नु पर्दा पाकिस्तानमा रहेका हिन्दुहरु अन्यायमा परेका छन् ।
पञ्जाव प्रान्तको मस्जिदमा जडान गरिएको पानीको धारा (नल) बाट पानी लिने क्रममा अल्पसंख्यक हिन्दु समुदायका गरिव किसान परिवार माथि केही कटर मुस्लिम मानिसहरुले उनीहरूको पूजास्थलको “पवित्रता” भंग गरेको आरोपमा तिनीहरूलाई यातना दिए र बन्धक बनाएको, एक मिडिया रिपोर्टले सोमबार सार्वजनिक गरेका हुन् ।
पञ्जावको रहिमयार खान सहरका बासिन्दा आलम राम भेल आफनी श्रीमती सहित परिवारको अन्य सदस्यहरु संग खेतमा कपास टिप्दै गरेको अवस्थामा तिर्खा लाग्दा नजिककैको मस्जिद बाहिर पिउने पानीको धारा रहेको हुँदा राम भेल सहित उनका परिवार पानी लिन त्यहाँ जाँदा स्थानीय कटर मुस्लिम सामन्तहरुले उनीहरुलाई कुटपिट गर्दै बन्धक बनाए ।
परिवारका अन्य सदस्यहरु खेतमा टिपेका कपासको पोका उठाएर घर फर्किदै गर्दा, घरधनीहरुले उनीहरुलाई उनको घर भित्रै राखेर बन्धक बनाए किनभने मस्जिदको पवित्रता लाई उलंघन गरी धार्मिक खलल पुर्याएकोमा उनीहरुलाई पुन ः घर भित्र यातना दिएको उक्त मिडिया रिपोर्टमा भनिएको छ ।
अल्पसंख्यक हिन्द समुदायका रामभेल सहित उनको परिवार माथि आक्रमण गरी बन्धक बनाउने अरु कोही नभई वर्तमान पाकिस्तानको प्रधानमन्त्री इमरान खानको सत्तारुढ पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका कार्यकर्ताहरु रहेको त्यती मात्रै नभई उनीहरु आफू माथि आक्रमण गरी बन्धक बनाउने विषयमा प्रहरीमा उजुरी गर्न जाँदा प्रहरीले स्थानीय सांसद सँग सम्बन्धित भएको हुँदा उजुरी लिन मानेन्, पिडित भेलले आफनो दुखेसो पोखेको मिडिया रिपोर्टमा भनिएको छ ।
पाकिस्तान प्रहरीको उदासीनताको विरोध गर्दै, भेलले अर्का छिमेकी पिटर जोन भेल सँग प्रहरी चौकी बाहिर धर्ना दिए । जिल्ला शान्ति समितिका सदस्य समेत रहेका पिटरले भने कि उनीहरूले सत्तारुढ पीटीआई सांसद जावेद वारियाचलाई सम्पर्क गरे जसले उनीहरूलाई शुक्रबार मुद्दा दर्ता गर्न मद्दत गर्ने आश्वासन दिए ।
अगाडी पिटर भन्छन् जिल्ला शान्ति समितिका अन्य सदस्यहरूलाई यस विषयमा आपतकालीन बैठक बोलाउन अनुरोध गरे तर उनीहरूले यस विषयलाई गम्भीरता पूर्वक लिन मानेन । यसैबाट सहज रुपमा भन्न सकिन्छ कि पाकिस्तानमा अल्पसंख्यक हिन्दु समुदाय माथि त्यहाँको सरकारी तन्त्र कति उदाशिन रहेको छ । जारी गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै