टिपरको ठक्करबाट युवकको मृत्यु, आक्रोशित स्थानीयद्वारा टिपरमा आगजनी

0 Shares
सर्लाही, १२ असार । सर्लाहीको लालबन्दी नगरपालिका–५ मेजरगञ्जमा बुधवार राति टिपरको ठक्करबाट एक युवकको ज्यान गएपछि आक्रोशित स्थानीयहरुले टिपरमा आगजनी गरेका छन् ।
भित्री सडक जब्दीबाट लालबन्दी तर्फ आउदै गरेका ना. २ ख. ५०१ नम्वरको टिपरले कविलासी नगरपालिका–८ अगर्वा घर भई हाल केही समय देखि लालबन्दी–५ मेजरगञ्जमा बस्दै आएका दिनेश साहका २० बर्षीय छोरा सचिन साहलाई गएराति ८ बजेको समयमा ठक्कर दिदा निजको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयहरुले टिपरमा आगजनी गरिदिएका हुन् ।
लालबन्दी बजारबाट किनमेल गरेर साइकलले घर तर्फ फर्किने क्रममा मेजरगञ्ज स्थित चक्रेश्वर महादेव मन्दिर नजिक टिपरले ठक्कर दिएका थिए । सचिन स्थानीय जनज्योति माध्यमिक विद्यालय लालबन्दीमा कक्षा १० मा अध्ययनरत रहेको बतइएको छ ।
मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको तथा फरार रहेका टिपर चालकको खोजी कार्य जारी रहेको सर्लाही प्रहरीले जनाएको छ ।
टिपरमा आगजनी भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरेर आगोलाई नियन्त्रणमा लिई टिपरलाई नजिकैको प्रहरी कार्यालयमा राखिएको छ । टिपर लैजान स्थानीयहरुले अवरोध गर्दा केही बेर मेजरगञ्ज क्षेत्र तनावग्रस्त बनेपनि प्रहरीको सुझबुझबाट घटनालाई सामान्य बनाइएको सर्लाही प्रहरी श्रोतबाट बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।