पर्सा, १२ असार । मुलुकको आर्थीक राजधानी भनेर प्रख्यात रहेका पर्सा जिल्ला अहिले तस्करीको प्रमुख हवको रुपमा परिवर्तीत हुँदै गएका छन् ।
माथि देखि लिएर जिल्ला सम्मको सेटिंग भएर अहिले पर्सा जिल्लाको विभन्न नाकाहरुबाट रात्रीकालिन तस्करी भईरहेका हुन् । दैनिक करोडौंको तस्करी पर्साको विभिन्न नाकाहरुबाट निर्वाध रुपमा भईरहेको छ उक्त कार्य गराउन माथि देखि लिएर तल सम्मको आर्थिक चलखेलको आधारमा सेटिंगका कारण अबैंध कार्य मौलाउदै गएको छ ।
सेटिंगकै कारण सुरक्षाकर्मीहरुद्वारा नै तस्करीका सामानहरु व्यवसायीलाई गन्तव्य सम्म पुर्याउनमा सयोग गर्दै आएको श्रोतको दाबी छ । मुलुकको आर्थिक राजधानीको रुपमा परिचित रहेका जिल्ला अहिले तस्करीको हव बन्दै जाँदा पनि सम्बध निकाय लक्ष्मिकान्तमै रमाएको पाइन्छ ।
तस्करीको माध्यमबाट भित्रिने अबैध सामानहरुलाई बैद्य बनाउन वीरगञ्जबाट संचालित विभिन्न ट्रान्सपोर्टहरुको माध्यमबाट मुलुकको विभिन्न स्थानहरुमा सजिलै पुर्याउने गरिएको छ । कहिलेकाँही देखावटी रुपमा उक्त ट्रान्सपोर्टबाट छुटिने मालबाहक ट्रकलाई समातेर विलविजक शंकाष्पद रहेको भन्दै पथलैया राजस्व कार्यालय पठाउने गरिन्छ । पछि त्यहाँबाट पनि उक्त मालबाहक ट्रकहरु बैद्य भएर निस्किदै गन्तव्य सम्म पुग्ने गरेका छन् ।
नेपाल सरकारले सीमा क्षेत्रमा राजस्व चुहावट हुन नदिन सशस्त्र प्रहरीलाई परिचालन गरिएको भएपनि उनीहरु पनि आर्थिक सेटिंगमै चुल्लम्म डुबेका कारण अबैध कारोवारले प्रश्रय पाएको देखिन्छ । पर्सा जिल्लामा राजस्व चुहावट एवं तस्करी नियन्त्रणको लागि सशस्त्र प्रहरी बल गण नम्बर १३ अन्तर्गत ५ वटा प्रस्तावित गुल्म जसमा डिएसपीको दरबन्दी रहेको छ र १७ वटा बेस बिओपीहरू रहेका छन् ।
त्यती मात्रै नभई सीमा क्षेत्रमा नेपाल प्रहरीको सीमा प्रहरी चौकीहरु ठाउँ ठाउँमा रहेका छन् तर पर्साको विभिन्न नाकाबाट तस्करी भएका सामान सजिलै गन्तव्य सम्म पुग्दा सुरक्षाका जिम्मेवारी लिएकाहरु माथि गम्भीर प्रश्न चिन्ह खडा भएका छन् ।
सशस्त्र प्रहरीको डिएसपीको कमान्डमा सीमा सुरक्षा गुल्म सुवर्णपुर, भिखमपुर, वीरगंज, अलौ र लहावर थकरीको मातहतमा १७ ओटा बेस बिओपीहरु रहेपनि तस्करी कार्य दिनप्रतिदिन फस्टाउदै गएका छन् । केही छापामा उक्त अबैंध कार्यको समाचार प्रकाशित भएपछि दिनमा हुने कारोवारलाई रात्रिकालिन सिफ्ट गरिएको श्रोतको दाबी छ ।
भिस्वा नाकाबाट नेपाली तथा चाइनिज उत्पादनका सामानहरूको तस्करीको माध्यमबाट गइरहेका छन् । नेपालबाट स्याउ, चाइनिज स्टील, इलेक्टिक चुरोट (भेप), कबाड, मदिरा, टर्किस मकै, कालो मरिच लागयतका सामानहरुको निर्वाध रुपमा तस्करी भइरहेको छ भने भारतबाट धान, गहुँ, चामल, कपडा, स्पेयर पार्टस, चिनी, सुर्ती, लगायतका समानहरु नेपाल आईरहेको छ ।
श्रोतका अनुसार भिस्वा प्रहरी चौकीका इन्चार्जको रुपमा प्रहरी नायव निरीक्षक संजीव तामाङलाई प्रहरी प्रधान कार्यालयबाट नै इन्चार्ज तोकिएको छ । यसरी माथिबाट नै इन्चार्ज तोकिदा पर्सा जिल्लामा हुने तस्करीको सेन्टीगेट माथि सम्म रहेको तथ्य खुलेका छन् ।
प्रनानी तामाङ जस्तै अमरपटीमा प्रनानी सुनिल पनेरु, सिर्सिया ड्राइपोर्टमा वरिष्ठ प्रनानी गगन शाह, छपकैयामा वरिष्ठ प्रनानी केदार तिमल्सिना, इनर्वामा प्रनानी रोशन थापा, परवानीपुरमा प्रनानी आदर्श खतिवडा, नगवामा प्रनानी अजय रामलाई प्रहरी प्रधान कार्यालयबाट नै काज सरुवा गराई इन्चार्ज मा पठाएपछि प्रहरी प्रधान कार्यालयको सेटिंगमा तस्करी भईरहेको सजिलै संग बुझ्न सकिन्छ ति श्रोतले गम्भीर चिन्ता व्यक्त गरे ।
पर्साको अमरपटी नाकाबाट कुखुराको चल्ला, तयारी कुखुरा, धान, गहुँ, मसुरो, कपडा, काजु, रजनीगन्धा, स्पेयर पार्टस्, किरानासहित चार दर्जनभन्दा बढी तस्करहरूले सामान निर्बाध रुपमा समानहरु ओसार्दै आएका छन् ।
सिर्सिया, इनर्वा र छप्कैया नाका भएर हरेक दिन सयौँ महिलाले सामान तस्करी गर्दै आएका छन् । एक जनाले दिनको चार देखि ६ खेप सम्म समानहरु ल्याउने गरेको छ । एक स्थानीयका अनुसार डिउटीमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानदेखि इन्चार्ज सम्म पोके तस्कर, साइकल, मोटरसाइल र तीन पांग्रे सबारी साधनका तस्करहरूबाट मोटो रकम लिएर तस्करीको लाइन दिएको आरोप लगाए ।
यस्तै पर्साको मिर्जापुर, ढोंडे, जानकी टोला, टिहुकी, नगवा, भिस्वा, अमरपटी, ड्राइपोर्ट, सिर्सिया, इनर्वा भन्सार, इनर्वा गाउँ, ठोरी लगायतका नाकाहरूबाट सुरक्षाकर्मीको सेटिङमा दिन र रात तस्करी भइरहेको छ।
अबैध कारोवार संचालन गर्न गराउनमा घुमुवा प्रहरी वा सादा पोशाकका प्रहरीको भुमिका महत्वपूर्ण रहेको बताइन्छ । उनीहरुले नै तस्करबाट रकम उठाएर जिल्ला, प्रदेश र माथि सम्म पुर्याउने गरेको छ । पर्सामा तस्करी कार्य फस्टाउनमा दुबै सुरक्षा निकायका माथि देखि लिएर प्रादेशिक कार्यालय र जिल्ला सम्मका सबै सेटिंग रहेको श्रोतले बतायो । यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख गौतम मिश्रले तस्करी एवं सिमाबाट हुने अवाञ्छित कार्यलाई नियन्त्रण गर्न निर्देशन दिएको तथा करोडौंको सामानहरु नियन्त्रणमा लिएर भन्सार कार्यालयमा आवश्यक कारवाहीका लागि बुझाइएको दाबी गरे ।