अदालतको आदेश पछि राजपुर बम काण्डको साक्षीहरुको वयान लिने कार्य सुरु

841 Shares

रौतहट, १९ कार्तिक । राजपुर बम काण्डको मुद्दा अन्तर्गत जिल्ला अदालत गौरबाट भएको आदेश अनुसार बुधवार देखि साक्षी बखपत्र सुरु भएको छ ।
राजपुर बम काण्डमा संलग्न व्यक्तिहरुको विरुद्ध जिल्ला अदालत गौरमा चल्दै आएको मुद्दामा दशै पर्व अगाडी कार्तिक १९ गते साक्षी बख पत्र गराउने आदेश भएका थिए । सोही आदेश अनुसार बादी र प्रतिबादीहरुको २२ जना साक्षीहरुको आजबाट बयान लिने कार्य सुरु भएको हो ।
जाहेरवाला मध्येको तथा उक्त वम विस्फोटन काण्डमा गम्भीर घाईते भएपनि बाँच्न सफल भएको भारत विहार सितामढी जिल्ला मुसाचक गाउँका गौरीशंकर रामको आज दिउसो १ बजे देखि सुरु भएको साक्षी बखपत्रको कार्य समाचार तयार पारुन्जेल सम्म सकिएको छैन, भोली पनि उनको वयान पुरा भएपछि मात्रै २२ जना मध्ये अन्य साक्षीहरुको वयान लिने कार्य सुरु हुने जिल्ला अदालत गौरका श्रेष्तेदार सुशिलकुमार यादवले जानकारी दिए ।
राजपुर बम विस्फोट काण्डको साक्षी बख पत्र चलिरहदा स्थानीय प्रशासनद्धारा अदालतको चारै तिर सुरक्षाको बाक्लो उपस्थिति गराएर कुनै किसिमको गडबडी हुन नदिन पूर्ण रुपमा तयारी गरेर बसेका थिए ।
२०६४ चैत २८ मा संविधानसभा निर्वाचनको पूर्व संध्यामा राजपुर स्थित शेख इद्रिसको गोठघरमा बम बनाउन लगाएको र त्यसक्रममा विस्फोट भएको थियो । विस्फोटमा परी हाल यमुनामाई गाउँपालिका सरुअठाका श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह संगै तिन जनाको मृत्यु तथा १५–१६ जना घाइते भएको गरी २३ जनालाई इटाभटामा हालेर प्रमाण नष्ट गर्ने प्रयास गरिएको थियो ।
घटनापछि मृतक र घाइतेलाई इँटा भट्टामा हालेर जलाएको भन्दै श्रीनारायण राजपुतले दिएको जाहेरीका आधारमा प्रहरीले २०७६ असोज २६ गते नेपाली काँग्रेसका तात्कालिन साँसद एवं युवा नेता महम्मद आफताव आलमलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडी बढाएको सोही अनुसार जिल्ला अदालत गौरमा थुनछेकको लामो बहस पछि कार्तिक २९ गते पुर्पक्षका लागि गौर कारागार चलान गर्न आदेश दिएका थिए । गौर कारागारबाट उनलाई सोही वेला काठमाण्डौको नख्खु कारागारमा पुर्याइयो अहिले पनि आलम त्यही छन् ।
तत्कालिन राजपुर गाउँ नजिकैको इँट्टाभट्टामा जलाएर प्रमाण नष्ट गरेको भन्दै २०६५ वैशाख ९ मा पिन्टुका वुवा श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रोक्साना खातुनले सांसद आलम, उनका भाइ महताब आलम, मोबिन आलम, शेख भदई र शेख सवेज विरुद्ध किटानी जाहेरी दिएका थिए । पीडित परिवारको जाहेरीपछि २०६५ असार ३० मा जिल्ला महान्यायाधिवक्ता कार्यालयले रोक्साना खातुन वादी रहेको मुद्दामा कोही माथि मुद्दा नचलाउने निर्णय गरेको थियो ।
महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णयपछि पीडित श्रीनारायण सिंहले सर्वोच्च अदालतको शरण पुगे । सर्वोच्चले २०६९ जेठ १६ मा तत्कालिन न्यायाधिशद्धय शुशिला कार्की र भरतबहादुर कार्कीको संयक्त इजलासले मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी ‘प्रचलित कानुनबमोजिम’ कारबाही गर्ने आदेश दिएको थियो ।
अदालतको आदेश विपरित रौतहट प्रहरी प्रशासनले आलम सहितका आरोपितहरुलाई समातिने हिम्मत नदेखाएको भन्दै पीडित पक्षले २०७३ मा जिल्ला प्रहरी कार्यालय रौतहटविरुद्ध मानहानि मुद्दा दर्ता गराएका थिए । सबोच्च अदालतको कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ मा जिल्ला प्रहरी कार्यालयलाई ताकेता गर्दै मुद्दाको अनुसन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपी निलम्बीत सांसद आलम सहित संलग्न व्यक्तिहरु विरुद्ध तत्कालिन एसपी भुपेन्द्र खत्रीले प्रमाण र साक्षीहरु जुटाएर २०७६ असोज २६ गते नियन्त्रणमा लिएपछि हाल सम्म आलम कारागारमै रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।