काँग्रेसको नेतृत्वमा बनेको सरकारबाट जनताहरु भयमुक्त भएको प्रम देउवाको उदघोष

566 Shares

तराई टप
काठमाडौ, २७ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेसनको समारोहमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले आफनो नेतृत्वमा सरकार बनेपछि जनताबाट डरत्रासको वातावरणबाट मुक्त भएको बताए ।
काठमाडौंको भृकुटीमण्डमा सुरु भएको महाधिवेसनमा सभापति एवं प्रधानमन्त्री देउवाले कडा रुपमा प्रस्तुत हुदै सान्दर्भिक भाषण गरे । साँझ परिसकेको समयलाई ध्यानमा राख्दै प्रधानमन्त्री देउवाले छोटो भाषण गरे तर उनको यो भाषण निकै सानदार थियो । प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकार बनेपछि जनताले डर त्रासबाट मुक्ति पाएको भन्दै भाषण सुरु गर्दा काठमाडौँको चिसो मौसममा तरंग ल्यायो ।
देउवाले भने, ‘जुन दिन मेरो सरकार बन्यो, हेर्नुस् त्यसअघि कस्तो थ्यो डर त्रासहरु, मेरो सरकार बनेपछि कस्तो भयो ? आहिले मुलुक ओली सरकारबाट मुक्ति पाएको छ, त्यसलाई बचाउने कि नबचाउने, यो महाधिवेशनले अब त्यसको निणर्य गर्छ, आउदो सरकार तल देखि माथिसम्म कांग्रेसको नेतृत्वमा बन्छ, त्यो मेरो जिम्मा भयो ।’
देउवाले भाषण गर्दा उनको समर्थनमा मञ्च नै तातेपछि उनी आफैले शान्त हुन समेत आग्रह गरे । अन्त्यमा देउवाले यो महाधिवेसनले डरत्रास मूक्त समाज, तानाशाही सरकार नआओस भन्नका लागि निणर्य गर्नु पर्ने भन्दै कांग्रेस सरकार रहिरहयो भने स्थानीय र केन्द्रीय सरकार कांग्रेसको नेतृत्व हुनुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले भने, ‘कांग्रेसको सरकार बनाउँछु, बनाउँछु बनाउँछु, बनाइन्छ, बनाइन्छ, बनाइन्छ तपाईहरुले मलाई साथ दिनोस्, लोकतान्त्रिक संघिय गणतन्त्रलाई संस्थागत गर्न काँग्रेसको नेतृत्व बाहेक अन्य कुनै विकल्प नरहेको भन्दै उनले सबैलाई धन्यवाद दिए ।’
खासगरी देउवाको यो भाषणले टिक्न नसकेको कम्युनिस्ट सरकारलाई प्रहार मात्रै गरेन, प्रारम्भि आकलनले देखाएको उनको जितलाई थप सुनिश्चत गरेको कतिपय विश्लेशकहरुको धारणा रहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार